जाँडरक्सीमुक्त नगरपालिकाको अभियान
रुकुमपश्चिम – जाँडरक्सीमुक्त नगरपालिकाको अभियान चलाइरहेको रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले जाँडरक्सी व्यवसाय छोडेर अन्य व्यवसाय गर्ने व्यवसायीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
इजाजतपत्र लिएर जाँडरक्सी व्यवसाय गरिरहेका व्यवसायीले यो व्यवसाय छाडेर अन्य व्यवसाय गर्न खोजे १ लाख रुपैयाँसम्म सहयोग गर्ने नगरप्रमुखगोर्खबहादुर केसीले बताउनुभयो । नगरप्रमुख केसीले जाँडरक्सी व्यवसायलाई परिवर्तन गर्न आग्रहगर्दै भन्नुभयो, ‘नयाँव्यबसायकालागिनगरपालिका १ लाख सम्मको सहयोग गर्न तयार छ ।’
समृद्ध नगर निर्माणकालागिजाँडरक्सीले पनिबाधागरिरहेको नगरको ठम्याई पछिनयाँव्यबसायमाआकर्षणगर्न यस्तो सहयोग गर्न खोजेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यस्तो निर्णयपछि केहि व्यवसायीहरु व्यवसाय परिवर्तन गर्न इच्छुक रहेको नगरप्रमुख केसीले जनाउनुभयो ।
नगरलाई नै जाँडरक्सीमुक्त घोषणा गर्ने लक्ष्यका साथ अहिलेसम्म नगरका ३ वडालाई जाँडरक्सीमुक्त घोषणा गरिसकिएको छ । नगरपालिकाका वडा नं. १, २ र ३ लाई गएकाे फागुन महिनामै जाँडरक्सी मुक्त घोषणा गरिएको छ । जाँडरक्सी नियन्त्रणलाई प्रमुखताका साथ अगाडि बढाइरहेको नगरपालिकाको भनाइ छ
April 21, 2019 2:40 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी