जाँडरक्सीमुक्त नगरपालिकाको अभियान
रुकुमपश्चिम – जाँडरक्सीमुक्त नगरपालिकाको अभियान चलाइरहेको रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाले जाँडरक्सी व्यवसाय छोडेर अन्य व्यवसाय गर्ने व्यवसायीलाई १ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
इजाजतपत्र लिएर जाँडरक्सी व्यवसाय गरिरहेका व्यवसायीले यो व्यवसाय छाडेर अन्य व्यवसाय गर्न खोजे १ लाख रुपैयाँसम्म सहयोग गर्ने नगरप्रमुखगोर्खबहादुर केसीले बताउनुभयो । नगरप्रमुख केसीले जाँडरक्सी व्यवसायलाई परिवर्तन गर्न आग्रहगर्दै भन्नुभयो, ‘नयाँव्यबसायकालागिनगरपालिका १ लाख सम्मको सहयोग गर्न तयार छ ।’
समृद्ध नगर निर्माणकालागिजाँडरक्सीले पनिबाधागरिरहेको नगरको ठम्याई पछिनयाँव्यबसायमाआकर्षणगर्न यस्तो सहयोग गर्न खोजेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको यस्तो निर्णयपछि केहि व्यवसायीहरु व्यवसाय परिवर्तन गर्न इच्छुक रहेको नगरप्रमुख केसीले जनाउनुभयो ।
नगरलाई नै जाँडरक्सीमुक्त घोषणा गर्ने लक्ष्यका साथ अहिलेसम्म नगरका ३ वडालाई जाँडरक्सीमुक्त घोषणा गरिसकिएको छ । नगरपालिकाका वडा नं. १, २ र ३ लाई गएकाे फागुन महिनामै जाँडरक्सी मुक्त घोषणा गरिएको छ । जाँडरक्सी नियन्त्रणलाई प्रमुखताका साथ अगाडि बढाइरहेको नगरपालिकाको भनाइ छ
April 21, 2019 2:40 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग