Saturday 14th March 2026

गायक तथा संगीतकार मदन दीपबिमको अमेरिकामा निधन

7 years अगाडी

काठमाण्डाै – गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । उहाँ छोरी ममतासँग बस्दै आउनुभएको थियो ।

गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उहाँले गायिका शिवा बस्नेतसँग विवाह गर्नु भएको थियो । उहाँको के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो उनैको यादमालगायत धेरै गीत चर्चित छन् ।

          April 23, 2019 9:55 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...