बिहेको पाँच दिनमै पोखराकी सृजनाको पुछियो सिउँदो !
पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्। तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो। वैवाहिक साइनो गाँसेको पाँच दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा उनका पति कास्की पोखरा महानगरपालिका ३३ पुम्दी निवासी ३१ वर्षका सन्दीप कुँवरको मृत्यु भयो। दुर्घटनामा घुँडा भाँचिएकी सिर्जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
पढ्नका लागि पोखरा आएकी सिर्जना स्थानीय सञ्चार उद्यमी उमनाथ बरालको प्रेसमा काम गर्छिन्। मेहनती र लगावपूर्ण रुपमा काम गरेकी राउतलाई उनै प्रेस धनी बरालले जोडी खोजिदिएका थिए।
सिर्जनालाई सानिमाको घर दमौली घुमाएर पोखरा छाडेर आफू काठमाडौं काममा जाने तयारीमा थिए, सन्दीप। बरालका अनुसार सानिमासँग भेटघाट गरेर पोखरा फर्कने उनीहरूको तयारी थियो। ‘परीक्षाका कारण श्रीमतीलाई पोखरा छाडेर उनी काठमाडौं जाँदै थिए,’ बरालले भने, ‘तर नसोचेको घटना भइदियो।’
खाल्डाखुल्डीले बढायो दुर्घटना
सन्दीप सवार मोटरसाइकल बसमा ठोकिनुमा सडकको खाल्डाखुल्डी कारक रहेको ट्राफिक प्रहरीको ठम्याई छ। ‘सडकमा खाल्डाखुल्डी हुँदा मोटरसाइकल नियन्त्रणमा आउन सकेन र जोगिन खोज्दा बससँग ठोकिएको देखिन्छ,’ ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले भने। तनहुँको पृथ्वी राजमार्गका विभिन्न भागमा सडकमा स–साना खाल्डाखुल्डी धेरै भागमा छन्। शुक्लागण्डकी नगरपालिकाको हलेदीदेखि कोत्रेसम्मको सडकको अवस्था पनि बिग्रिएको छ।
लामो समयदेखि मर्मतका लागि आवाज उठे पनि काम नसकिँदा त्यस खण्डमा पनि केहीले ज्यान गुमाइसके। तर सडक डिभिजनले भने मर्मतमा तदारुकता देखाउन सकेको छैन। यसले गर्दा ज्यान जानेको संख्या बढिरहेको छ। ट्राफिक प्रमुख अधिकारी सडकको स्तर नसुध्रँदासम्म दुर्घटना रोक्न जतिसुकै प्रयास गरे पनि सम्भव नहुने बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा पवन पौडेलले लेखेका छन् ।
April 23, 2019 12:03 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग