पथरीमा भिड नियन्त्रण बाहिर, २ राउण्ड हवाई फायर
पथरी । ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको भिडलाई तितरबितर पार्न प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ । नगरपाकिला तालाबन्द्यी र घेराउपछि ईलाका घेर्न गएको भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । हवाइफायर पछि भिड तितरबितर भएको छ । शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय आन्दोलित भएका छन ।
बजार सहित पुर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन । स्थानीयले नगरपालिकामा रहेको वडा नम्बर १ को कार्यलयमा ताला लगाएर आन्दोलन शुरु गरिरहेका बेला प्रहरीले ज्यादती गरेको र अपशब्द प्रयोग गरेको भन्दै उनीहरुले नगरपालिकाको गेट फोडी भित्रै नाराबाजी गरेका छन ।
दिनप्रतिदिन हत्या र हिंसा बढेको र प्रहरीले सुरक्षा प्रदान गर्न नसेकेको भन्दै सोमबार पथरीका स्थानीयले कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरेका थिए । श्निबार बिहान पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको नगन अबस्थामा शव भेटिएपछि पथरीबासी थप आन्दोलित भएका थिए । पथरीमा यसअघि पनि सोही प्रकृतिका ५ वटा घटना भईसकेका छन ।
April 23, 2019 1:14 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध