हे भगवान..कस्तो दुर्दशा ! कृष्ण वलिको जस्तै रुपाको पनि करेन्ट लागेर दुवै हात काटियो !
सामान्य परिवारमा जन्मिएकी रुपाको दुवै हात गुमेपछी रुपाकै सपना साकार पार्न रौतार परिवार बुटवल झ¥यो । लामो समय देखि बैदेशिक रोजगारिमा रहेका रुपाका बुबा अहिले बुटवलको आम्दा अस्पतालमा सुरक्षा गार्डको रुपमा कार्यरत छन । उनकी आमा घरायसी काम देखी रुपाको रेखदेख गर्छिन भने उनको दाइले बुटवलमै पढ्छन । रुपा निकै मेहनती र लगनशिल छिन । रुपा विहान संगीत सिक्नका लागि बागेश्वरी संगीतालयमा जान्छिन । विद्यालय समयमा बुटवलको दिप बोडिङ पुग्छिन ।
पहिले कतै जानु पर्दा उनलाई अरु कसैको सहारा चाहिन्थ्यो तर अहिले त्यस्तो छैन । उनि एक्लै संगीत सिक्न जान्छिन, विद्यालय जान स्कुल वस चढि विद्यालय पुग्छिन । दिप बोडिङको कक्षा ८ मा पढ्दै आएकी रुपाको कक्षामा छुट्टै डेस्क, बेञ्च सहित बस्ने ठाउँ छ । खुट्टालेनै लेख्ने भएपनी उनको पढाई राम्रो छ । रुपाले आफ्ना दैनिक कार्य सहजै खुट्टाले गरेकी हुन्छीन । खाना खाने देखि मोवाइल समेत खुट्टाले नै चलाउछिन । उनी भन्छिन धेरै मेहनत गर्दै भविष्यमा राम्रो गायीका बन्ने लक्ष्य छ । रौतार परिवार हाल बुटवलको देविनगरमा बस्दै आइरहेको छ ।
रुपाका दुवै हात गुमेपछी पहिले पढ्दै आएको विद्यालयले उनलाई पढाउन मानेन । कपिलवस्तुको होराइजन बोडिङले पढाउने भएपछी उनको पढाई त्यही सुरु भयो । पहिले कलम छोप्ने उनका हात थिएनन् जसका कारण रुपाले खुट्टालेनै लेख्न थालिन । होराइजनमै पढ्दै गर्दा त्यही अध्यापन गराउने शिक्षिका विष्णुमाया श्रेष्ठले रुपाको गीत गाउन सक्ने क्षमता पत्ता लगाइन ।
श्रेष्ठले रुपालाई बुटवल ल्याइन । बुटवलमा रहेको बागेश्वरी संगीतालयमा रुपाले निशुल्क संगीत सिक्न थालीन भने बुटवलकै दिप बोडिङमा आफ्नो अध्ययनलाई निरन्तरता दिन थालिन । दिप बोडिङले उनलाई अहिले पनि निशुल्क पढाउदै आइरहेको छ । दुवै हात गुमेपछी खुट्टाले लेख्दै आइरहेकी रुपाको पढाई पनि राम्रो भइरहेको छ । बागेश्वरी बाटै औपचारीक रुपमा सांगीतिक यात्रा सुरुवात भए संगै रुपाको परिवार बुटवल झर्याे । संगीतमा निकै रुची र लगाव राख्ने रुपाको भर्खरै मात्र हिम्मत भाकी छोरी गीती एल्बम बजारमा आएको छ ।
April 24, 2019 12:00 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी