Wednesday 5th November 2025

आज झन् घट्यो सुनको भाउ, तोलाको कति छ ?

7 years अगाडी

काठमाडौं । आज बुधबार सुनको झन् घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य घटेसँगै चाँदीको मूल्यपनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७३० रुपैयाँमा कारोबार भएको थियो । काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          April 24, 2019 12:18 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...