नेपालमै एक महिलाले जन्माइन एकसाथ चार बच्चा
वीरगन्ज– वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो करिब पौने एक बजे खातुनले ४ शिशु जन्माएकी हुन्। तीन बालिका शिशुको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो, ८ सय ग्रामर छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिइन्।
अस्पतालका चिकित्सकका अनुसार ९ महिनामा शिशु जन्मिनु पर्नेमा खातुनले सात महिनाभित्रै ४ शिशु जन्माएकी छन्। उनीहरुको पुरा विकास नभएको र तौल पनि औसतभन्दा कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन्। चारै जना शिशुलाई एनआइसीयु (शिशुहरुको सघन उपचार कक्ष)मा बिशेषज्ञ डा. आनन्दकुमार झाको रेखदेखमा राखिएको छ। अस्पतालमा मंगलबार बिहान सात बजे खातुनलाई भर्ना गरिएको थियो। बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम देखेर सबैलाई एनआइसीयु कक्षमा राखिएको डाक्टरहरुले बताए।
चार बच्चाकी आमा बनेकी खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर चौधरीले बताइन्। सोमबार राती अचानक सुत्केरी ब्यथा लागेपछि खातुनलाई गाउँ नजिकैको पोखरीया अस्पतालमा लगिएको थियो। त्यहाँबाट खातुनलाई सिमावर्ती भारतीय सहर रक्सौलको डंकन हस्पिटलमा लगेर भर्ना गर्दा चिकित्सकले प्रसूति गराउन नमानेपछि खातुनलाई मंगलबार बिहानै वीरगन्जको नेसनल मेडिकल कजलेजमा पुर्याइएको थियो।
नेसनल मेडिकल कलेजमा पनि चिकित्सकले जोखिम उठाउन नमानेपछि मंगलबार बिहान सात बजे खातुनलाई वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको खातुनका श्रीमान् सलिमले बताए। वीरगन्ज हेल्थ केयर हस्पिटलमा प्रसुति गराउन डा. चौधरीसंगै डाक्टर रमतुल्लाह साह, मेट्रोन भूमिका अधिकारी, नर्स समिता आलेको टोलीले काम गरको हस्पिटलका अध्यक्ष डाक्टर अबुलहयश अन्सारीले जानकारी दिए।
April 24, 2019 1:26 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग