

नेपालमै एक महिलाले जन्माइन एकसाथ चार बच्चा

वीरगन्ज– वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्। वीरगन्ज हेल्थ केयर हस्पिटलमा दिउँसो करिब पौने एक बजे खातुनले ४ शिशु जन्माएकी हुन्। तीन बालिका शिशुको तौल क्रमश १ किलो ५ सय ग्राम, १ किलो, ८ सय ग्रामर छोराको तौल १ किलो २ सय ५० ग्राम रहेको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिइन्।
अस्पतालका चिकित्सकका अनुसार ९ महिनामा शिशु जन्मिनु पर्नेमा खातुनले सात महिनाभित्रै ४ शिशु जन्माएकी छन्। उनीहरुको पुरा विकास नभएको र तौल पनि औसतभन्दा कम रहेको अस्पतालको प्रसूति विभागकी चिकित्सक डा. स्वेता चौधरीले जानकारी दिइन्। चारै जना शिशुलाई एनआइसीयु (शिशुहरुको सघन उपचार कक्ष)मा बिशेषज्ञ डा. आनन्दकुमार झाको रेखदेखमा राखिएको छ। अस्पतालमा मंगलबार बिहान सात बजे खातुनलाई भर्ना गरिएको थियो। बच्चाको तौल कम भएकाले इन्फेक्सनको जोखिम देखेर सबैलाई एनआइसीयु कक्षमा राखिएको डाक्टरहरुले बताए।
चार बच्चाकी आमा बनेकी खातुनको स्वास्थ्य अवस्था सामान्य रहेको डाक्टर चौधरीले बताइन्। सोमबार राती अचानक सुत्केरी ब्यथा लागेपछि खातुनलाई गाउँ नजिकैको पोखरीया अस्पतालमा लगिएको थियो। त्यहाँबाट खातुनलाई सिमावर्ती भारतीय सहर रक्सौलको डंकन हस्पिटलमा लगेर भर्ना गर्दा चिकित्सकले प्रसूति गराउन नमानेपछि खातुनलाई मंगलबार बिहानै वीरगन्जको नेसनल मेडिकल कजलेजमा पुर्याइएको थियो।
नेसनल मेडिकल कलेजमा पनि चिकित्सकले जोखिम उठाउन नमानेपछि मंगलबार बिहान सात बजे खातुनलाई वीरगन्ज हेल्थ केयर हस्पिटलमा भर्ना गरिएको खातुनका श्रीमान् सलिमले बताए। वीरगन्ज हेल्थ केयर हस्पिटलमा प्रसुति गराउन डा. चौधरीसंगै डाक्टर रमतुल्लाह साह, मेट्रोन भूमिका अधिकारी, नर्स समिता आलेको टोलीले काम गरको हस्पिटलका अध्यक्ष डाक्टर अबुलहयश अन्सारीले जानकारी दिए।
April 24, 2019 1:26 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

