साउदी अरबमा एकै दिनमा ३७ लाई मृत्युदण्ड, एकजनालाई मृत्युदण्ड पछि सुलीमा टाङ्गियो
एजेन्सी । साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ । मंगलबार साउदी सरकारी समाचार एजेन्सी ‘साउदी प्रेस एजेन्सी’ यो जानकारी दियो । अधिराज्यको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी काटेर मृत्यु दिने प्रचलन छ । राज्यको कानुनअनुसार अत्यन्त जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डपछि सुलीमा चढाइन्छ ।
‘उग्रवादी आतंकवादी विचारधारा अंगिकार गरेका र आतंकवादी समूह निर्माण गरेकोमा कयैन अपराधीलाई मृत्युदण्ड दिइयो । तिनले सुरक्षा व्यवस्था भड्काउने र सम्प्रदायीक विग्रह फैलाउने अभिप्राय देखिन्थ्यो,’ साउदी प्रेस एजेन्सीले गरेको एक ट्वीटमा उल्लेख छ मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मृत्युदण्ड दिइएका सबैको नामावली पनि दिइएको छ । मृत्युदण्ड दिइएका अधिकांश साउदी अरबको अल्पसंख्यक सिया समुदायका छन् । सजाय दिइएका ११ व्यक्तिलाई इरानको लागि जासुसी गरेको दोष लगाइएको छ । कम्तिमा पनि १४ व्यक्तिलाई सन् २०११ र २०१२ बीच देशको पूर्वी भागमा भएका सरकार विरोधी प्रदर्शनकारी छन् ।
मंगलबारको सरकारी वक्तव्यमा अबुकरिम अल–हवाजको नाम पनि उल्लेछ । एम्नेष्टी इन्टरनेशनलका अनुसार उनी पक्राउ पर्दा १६ वर्षका नाबालिग थिए । उनलाई सरकार विरोधी प्रदर्शनमा सहभागी भएकोमा दोषी ठहराइएको थियो ।
एम्नेष्टी इन्टरनेशनले विगतदेखि नै साउदी अरबको न्यायिक प्रणाली स्वच्छ नरहेको बताउदैं आएको छ । मंगलबार मृत्युदण्ड दिइएका आरोपीहरुको मुद्धा सुनुवाईमा पनि अन्तराष्ट्रिय सुनुवाईका मापदण्ड प्रयोग नगरिएको उसको आरोप छ । एम्नेष्टिका अनुसार साउदी अरबमा यातनामार्फत लिइएका बयानलाई ठोस प्रमाणको रुपमा प्रयोग गरिन्छ ।
साउदी अरबले भने एम्नेष्टीको आरोपलाई बारम्बार खण्डन गर्दै आएको छ । मृत्युदण्ड दिने सवालमा साउदी अरब विश्वमै अग्रस्थानमा आउँछ । सन् २०१६ जनवरीमा उसले ४७ सम्मलाई मृत्युदण्ड दिएको इतिहास छ ।
बीन समालनपछि आलोचकको धरपकडमा वृद्धि
सन् २०१५ मा अधिराज्यको राजनीतिक दृश्यमा उदाए लगतै वर्तमान युवराज मोहमद बीन सलमानले आलोचकहरुविरुद्ध तीव्र धरपकड सुरु गरे । उनले आफ्नो राजनीकि करियर रक्षा मन्त्रीको रुपमा सुरु गरेका थिए ।पछिल्ला केही वर्षमा युवराज बीन सलमानले सयौं अभियानकर्मी, शिर्ष धर्मगुरु, विश्लेषक, व्यवसायी र राजकुमारलाई पक्राउ गराए ।
अघिल्लो वर्ष बीन सलमानले साउदी महिलाहरुमाथि रहेका केही प्रतिबन्ध फुकुवा गरेका थिए । उक्त कदमको लागि उनको प्रशंसा भइरहेकै समयमा उनले केही महिला अधिकारकर्मीलाई पक्राउ गराए । तिनलाई हिरासतमा यातना दिएको आरोप छ । सरकारी अधिकारीले भने तिनको विदेशी तत्वसँग ‘शंकास्पद सम्पर्क’ रहेको आरोप लगाएका छन् ।
April 25, 2019 11:05 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव