Saturday 14th March 2026

गुल्मीको दजाकोटमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

7 years अगाडी

गुल्मी–गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । गाउँदेखि ५ किलोमिटर टाढा रहेको ट्यांकीबाट ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी दूषित भएपछि गएको आइतबारदेखि स्थानीयहरुमा सामान्य झाडापखालाको लक्षण देखिएको थियो ।

दूषित पानीका कारण बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेका थिए । शुक्रबार बिहानसम्ममा बिरामीको संख्या बढेर १०४ पुगेको स्थानीय हरि छन्त्यालले जानकारी दिनुभयो ।झाडापखालाको प्रकोप देखिएको ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीहरुको उपचार गरी स्थिति सामान्य बनेपछि सदरमुकाम फर्किसकेको छ । तर पनि झाडापखाला भने अझै नियन्त्रणमा आएको छैन ।

उक्त मुहानको पानी उमालेर खााँदा पनि मानिसहरु बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्याहरु देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिनुभयो । अहिले यो गाउँमा ट्यांकरबाट खानेपानी वितरण भैरहेको छ । बिरामीको स्थानीय ठाउँमा नै सञ्चालन गरिएको अस्थाइ स्वास्थ्य शिविर, गुल्मी अस्पताल र बुटवलको गौतमबुद्ध अस्पतालमा उपचार भैरहेको छ । अधिकांश विद्यार्थी पनि बिरामी परेकाले विद्यालयसमेत बन्द गरिएको छ ।

          April 26, 2019 10:07 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...