भूकम्पको चार वर्षः ‘अधिकार आयो, जनशक्ति आएन’
बनेपा। भूकम्प गएको चार वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा भूकम्प पुनःनिर्माणको कामले सोचेअनुसार गति लिनसकेको छैन।जिल्लाभरिमा भूकम्पले क्षति पु-याएका घरमध्ये अहिलेसम्म करीब ४० प्रतिशतले मात्रै तेस्रो किस्ता लगिसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोकको तथ्याङ्कमा उल्लेख छ।
जम्मा क्षति पुगेका लाभग्राहीमध्ये १० प्रतिशतले त सम्झौता गर्न नै बाँकी रहेको विवरणमा उल्लेख छ। स्थानीय तहका प्रमुखहरुले भने गाउँमा इञ्जिनीयर पर्याप्त मात्रमा नहुनु र भएका पनि गाउँमा नबस्ने गरेका कारण छिटो काम हुननसकेको बताएका छन्।
पछिल्लो समयमा पुनःनिर्माणका काम स्थानीय तहबाट नै गर्ने गरी गुनासो सुनुवाइ र पुनःसर्वेक्षण गर्ने भनेर प्रशिक्षण गोष्ठी सञ्चालन गरेको भए पनि इञ्जिनीयर र प्राविधिक नखटाएको कारण कुनै पनि काम अगाडि नबढेको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताए।
सो गाउँपालिकामा अहिलेसम्ममा ३७ प्रतिशतले तेसो किस्ता लगेका छन् भने ६६ प्रतिशतले दोस्रो र ८७ प्रतिशतले मात्रै पहिला किस्ता लगेको तथ्याङ्कमा उल्लेख छ। महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भएका लाभग्राहीको पुनःनिर्माणको काम सन्तोषजनक रूपमा अगाडि बढिरहेको बताए।
जनप्रतिनिधिको तर्फबाट गर्नुपर्ने काम र लाभग्राहीले निर्माण गर्ने भूकम्प प्रतिरोध घर निर्माणमा तेस्रो किस्ता लिनेको सङ्ख्या ५१ प्रतिशत रहेको उनको भनाइ छ । जनस्तरबाट काम भइरहेको भए पनि प्राविधिक र इञ्जिनीयर पर्याप्त मात्रमा नहुँदा समस्या भएको उनले बताए।
सो गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ५१ रहेको छ भने दोस्रो किस्ता लिनेको सङ्ख्या ८२ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ९७ प्रतिशत रहेको छ। उता खानीखोला गाउँपालिकामा पनि जनशक्ति अभावका कारण पुनःनिर्माणको कामलाई प्रभावित बनाएको पालिका अध्यक्ष कृष्णबहादुर खुलालले बताए।
“भूकम्प लाभग्राही घर बनाउन लागिरहेका छन्, तर समयमा नै प्राविधिक र इञ्जिनीयरको उपस्थिति नहुँदा ढिला भइरहेको छ”, उनले भने, “एकातिर प्राविधिक र इञ्जिनीयर पर्याप्त छैनन्, अर्कोतिर भएका इञ्जिनीयर पनि गाउँमा नजाने र नबस्ने गरेका कारण पनि समस्या उत्पन्न भइरहेको छ ।”लाभग्राहीलाई समयमा नै उचित परामर्श र प्राविधिक सल्लाह नभएका कारण करीब ८०÷९० लाभग्राहीले एककोठे मात्रै घर बनाएर सम्पन्न गरिसकेको भए पनि पछि प्राविधिक रुपले उपयुक्त नभएका कारण किस्ता नै रोकेर समस्या भइरहेको बताए।
जिल्लामा स्थानीय तहगत हिसाबले पुनःनिर्माणको क्रममा भएको प्रगतिमा बनेपा नगरपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३३ प्रतिशत र ४६ प्रतिशतले दोस्रो किस्ता तथा ८९ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन्। बेथानचोक गाउँपालिकामा ३८ प्रतिशत तेस्रो किस्ता, ६६ प्रतिशत दोस्रो किस्ता र ८६ प्रतिशत पहिला किस्ता लिइसकेका छन्। स्थानीय तहमध्ये भुम्लु गाउँपालिकामा ६३ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन्। त्यस्तै ७९ प्रतिशत दोस्रो किस्ता र ९४ प्रतिशतले पहिला किस्ता लिइसकेका छन्।
उता पनौती नगरपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३५ प्रतिशत, दोस्रो किस्ता लिनेको सङ्ख्या ५१ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८८ प्रतिशत रहेको छ। रोशी गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३८ प्रतिशत रहेको छ भने दोस्रो किस्ता लिनेको सङ्ख्या ६५ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८५ प्रतिशत रहेको छ भने तेमाल गाउँपालिकामा तेस्रो किस्ता लिनेको सङ्ख्या ३८ प्रतिशत रहेको छ। त्यस्तै दोस्रो किस्ता लिनेको सङ्ख्या ६४ प्रतिशत र पहिलो किस्ता लिनेको सङ्ख्या ८६ प्रतिशत रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिरकण जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्याङ्कमा उल्लेख छ।रासस
April 26, 2019 10:18 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग