

फ्राइडे रिलिज : ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा

आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा २’ आजदेखि पुनः देशै भरिका हलमा प्रदर्शनमा आएको छ ।चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार नेपालभरीका सिंगल तथा मल्टिप्लेक्समा गरी उपत्यका बाहिरका ५० चलचित्र घरहरुमा ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ । यस्तै उपत्यकाका विभिन्न हलमा पनि ‘छक्का पञ्जा २’ प्रदर्शन हुँदैछ ।
दर्शकहरुको अत्याधिक चाहना अनुसार नै चलचित्र पुनः रिलिज गर्न लागिएको निर्माता गिरीको भनाइ छ । शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शन नभएको मौकामा चलचित्र ‘छक्कापञ्जा २’ प्रदर्शन गर्ने निर्णय गरिएको हो ।शुक्रबारदेखि हलिउड चलचित्र ‘एभन्जर्स’ प्रदर्शन भैरहेको छ । यो चलचित्रसँग कुनै पनि नयाँ नेपाली चलचित्र प्रतिस्पर्धा गर्न तयार भएनन् । त्यसै मौकामा चलचित्र छक्का पञ्जा २ ले पुनः चलचित्र रिलिज गराएको छ ।
‘नेपालमा अंग्रेजी चलचित्र नहेर्ने दर्शक धेरै हुनुहुन्छ ।’ निर्माता गिरीले भने अंग्रेजी चलचित्र नहेर्ने दर्शकका लागि छक्का पञ्जा २ पुनः प्रदर्शन गरिएको हो । ‘छक्का पञ्जा २’को पुनःप्रदर्शनबाट संकलन भएको रकमको २५ प्रतिशत रकम रवि लामिछानेले निर्माण गर्न लागेको अस्पताललाई हस्तान्तरण गरिनेछ । अन्य रकम पनि समाजसेवामा नै खर्चिने योजना बनाइएको छ । तर, कुन शीर्षकमा कसरी खर्च गरिन्छ भन्ने कुरा पछि बताइने निर्माता तथा कलाकार गिरीले बताए ।
‘धेरै दर्शकले चलचित्र हेर्नुभएको छैन । उहाँहरुलाई मध्यनजर गर्दै चलचित्र पुनः प्रदर्शन गर्न लागेका हौँ । यस अघि नै चलचित्र हेरिसक्नुभएको दर्शकले पनि केही नयाँपन पाउनु हुनेछ,’ निर्माता गिरीले भने । पुनःप्रदर्शन पश्चात विदेशमा पनि चलचित्र रिलिज गरिने तयारी भैरहेको छ ।
यो चलचित्र २०७४ साल असोज ११ गते रिलिज भएको थियो । यो चलचित्रलाई धेरै दर्शकहरुले युट्यूब रिलिजका लागि अनुरोध गरिरहेका छन् । तर निर्माण टिमले युट्यूब रिलिजभन्दा अघि पुनःप्रदर्शन गर्ने योजना बनाएको हो । चलचित्र ‘छक्का पञ्जा २’को निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्र्की, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, वर्षा राउत, बुद्दी तामाङलगायतका कलाकारको अभिनय गरेका छन् ।
April 26, 2019 11:59 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

