Friday 2nd January 2026

यी दुई बाल बैज्ञानिक जस्ले आविष्कार गरे अमेरिकाबाट नेपालमा बत्ति बाल्ने/निभाउने मिल्ने अनौठो प्रविधि (भिडियोसहित)

7 years अगाडी

भक्तपुर। दाङ जिल्ला घोराही नगपालिकाका दुई बाल बैज्ञानिक अहिले काठमाडौँ आएका छन्। पद्मोउदय विद्यालयमा कक्षा १० मा अध्ययनरत उनीहरु सानै देखिका साथी हुन्। सन्दिप बुढाथोकी र परिक्षित धिताल उनीहरुको नाम हो।सानै देखि विज्ञानमा रुचि राख्ने उनीहरु घरको पुरानो टर्च लाइट बिगारेर बनाउने, रिमोट बनाउने गर्दथे। पाठयपुस्तक भन्दा पर रहेर सन्दीपले कलिङ स्विच बनाउने सोचे। हो मा हो मीलाएर यस कार्यमा परिक्षितले पनि उनलाई साथ दिए।

आफ्नो घरमा पनि तान्ने मोटर चलिरहेको छ र सोहि समयमा कामविशेषले बाहिर जानु पर्यो भने निर्धक्क भएर जाँदा हुन्छ। जुन सुकै ठाउँमा रहेर पनि एक कल अथवा एक मेसेज गरेर उक्त मोटर बन्द गर्न सकिन्छ। यसकारण उनीहरुले बनाएको उक्त प्रविधिलाई उनीहरुले कलिङ स्वित्च नाम दिएका हुन्।कलिङ स्विच बाहेक उनीहरुले सानो मिनी ड्रोन र अटोमेटिक अन अफ सिस्टम आविष्कार गरेका छन्। अटोमेटिक अन अफ सिस्टमले तार बाहिरबाट नै करेन्ट पास भएको छ कि छैन भन्ने कुरा सजिलै थाहा पाउन सकिन्छ।

अरु थप प्रविधिको आविष्कार गर्ने उनीहरु दुईको सोच छ। आवश्यक सामान उनीहरुको बासस्थानमा नपाइने भएकोले उनीहरु अहिले सामान लिन पनि काठमाडौँ आएका हुन्। पिएनपीखबर टिम आगामी दिनहरुमा उनीहरुको उज्वल भविष्यको कामना गर्दछ।भिडियोमा हेर्नुहोस उक्त प्रविधिले यसरि काम गर्छ

          April 26, 2019 12:38 pm | रोचक


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...