श्रीलंकामा सुरक्षाकर्मी र ‘संदिग्ध’ विद्रोहीबीच झडप : १५ जनाको ज्यान गयो
श्रीलंकाको पूर्वी तटीय क्षेत्रमा सुरक्षाकर्मी र ‘संदिग्ध’ विद्रोहीबीच भएको झडपमा कम्तीमा १५ जनाको ज्यान गएको छ । शुक्रबार साँझ अम्पारा जिल्लाको कलमुनाईमा सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको प्रहरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ज्यान गुमाउनेहरुमा ६ बालबालिका, ४ बन्दुकधारी, १ नागरिक सहित १५ जना रहेका छन् । झडपमा तीन जना आत्मघाती आक्रमणकारीहरुको पनि ज्यान गएको सेनाका प्रवत्ताले दाबी गरेका छन् । विद्रोही समूह सम्भवतः इस्लामिक स्टेट (आईएस) हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।
यसअघि गएको आइतबार इस्टर पर्वको अवसरमा भएको सिलसिलाबद्ध बम विस्फोटमा २ सय ५० भन्दा बढीले ज्यान गुमाएका थिए भने ४ सय ५० बढी घाइते भएका थिए । सिलसिलाबद्ध बम विस्फोटको ६ दिनपछि सुरक्षाकर्मी र विद्रोहीबीच झडप भएको हो ।
गएको आइतबार भएको सिलसिलाबद्ध बम विस्फोटपछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा गरिएको छ । विद्राेही समूहका लडाकुहरु लुकेर बसेका छन् भने एक जना हवलदारको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले छापा मार्ने क्रममा दोहोरो भिडन्त भएको हो ।
जब सुरक्षाकर्मी विद्राेही समूहका लडाकु लुकेर बसेको घरमा पस्ने क्रममा घरभित्रबाट फायरिंग भएको थियो । प्रहरीका अनुसार एक आत्मघाती लडाकुले विस्फोट गराएको हो । छापा मार्ने काम अहिले पनि जारी छ र यो घटनामा सशस्त्र बलका कुनै पनि जवानको हताहत नभएको प्रहरीले बताएको छ ।
April 27, 2019 11:42 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव