Friday 19th December 2025

काभ्रे मृतावस्थामा एक महिला फेला

7 years अगाडी

बनेपा । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ बस्ने २५ वर्षीया सरिता दाहाल (दुलाल) लाई प्रहरीले मृतावस्थामा फेला पारेको छ।मृतावस्थामा फेला पारेपछि घरपरिवारका सदस्यलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार घटनाका बारेमा जानकारी पाउने बित्तिकै घटनास्थल पुगेको प्रहरी टोलीले दुलाललाई हिजो दिउँसो घरको कोठामा नै मृतावस्थामा फेला पारेको हो। उनको घाँटीमा सानो डोरीको डाम बसेको, उतानो अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

मृतकका श्रीमान् सन्दीप दुलालले गाँजा चुरोट सेवन गर्ने गरेका र छ महिनासम्म सुधार केन्द्रमा राखेर डेढ महीना अगाडि मात्रै घर ल्याइएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका दुलाललाई मदनदेउपुर नगरपालिका–२ बालुवापाटीबाट आज बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ।

          April 27, 2019 12:00 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...