आफुभन्दा कम उमेरका विद्यार्थीसँग शिक्षिकाले अवैध सम्बन्ध राखेपछि
एजेन्सी। प्रेमलाई न उमेर ले छेक्छ न जात धर्मले रोक्छ । आज हामीले कुरा गर्न गइरहेको प्रेम सम्बन्ध पनि यस्तै फरक प्रकारको रहेको छ । भारत हरियाणा राज्यको पानीपात जिल्लामा शिक्षिका र विद्यार्थीबीच अबैध सम्बन्ध रहेको जानकारी सार्वजनिक भएको छ। जानकारी अनुसार ३० वर्षीया अमिता नामकी शिक्षिकाले आफ्नै १९ वर्षीय अमित नामका विद्यार्थीसँग अबैध सम्बन्ध राख्दै आएको समाचार बाहिरिएको हो ।
शिक्षिकाको आफ्नै विद्यार्थीसँग अबैध सम्बन्ध रहेको श्रीमानले जानकारी पाएका थिए । सोही कारण उनीहरुको दिनदिनै झगडा हुन थाल्यो । अन्तमा ती शिक्षिकाका आवेशमा आएर आफ्नो प्रेमी किशोर विद्यार्थीसँग मिलेर श्रीमानको हत्या गरिदिइन् ।
प्रहरीले छानविन गर्ने क्रममा श्रीमानको शव घरभित्र फेला पारे । हात र खुट्टा बाँधिएको अवस्थामा थियो, भने टाउकोमा चोट निशाना भेटिएको थियो । उनले केही वर्षअघि मात्रै विहे गरेकी थिइन् । प्रहरीको भनाइअनुसार अमिताले पिटिआईको पढाई गरिरहेकी थिइन् । यसै कारण उनी १० महिनादेखि बराबरमा रहँदै आएका आइटीआईको छात्र अमितलाई ट्युशन पढाउन सुरु गरेकी थिइन् । यसै क्रममा उनीहरुको अबैध सम्बन्ध सुरु भएको थियो । अहिले उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
April 27, 2019 12:40 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने