असिनापानीले हिउँदेबाली नष्ट
डडेलधुरा, १४ वैशाख । अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारीलगायतका हिउँदेबालीमा क्षति पुर्याएको छ । सो गाउँपालिकाको वडा नं १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्लेलगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौँलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट भएको छ । दिउँसो करिब एक घण्टा परेको असिनापानीले पाक्न थालेको गहुँ र जौसहित अन्य अन्नबाली पूर्णरूपमा नष्ट भएको अजयमेरु–१ का लक्ष्मी भट्टले जानकारी दिए ।
साथै ओखर, जुनार, सुन्तलामा समेत क्षति पुगेको भट्टको भनाइ थियो। त्यस्तै तरकारी पनि पूर्णरूपमा नष्ट भएको खतेडाका किसान धर्मानन्द भट्टले बताए । भित्र्याउनै लागेको गहुँबाली पूर्णरूपमा नष्ट भएपछि खाद्यान्नको अभाव हुने भन्दै स्थानीयबासिन्दा गणेश पाण्डेले चिन्ता व्यक्त गरे । गहुँबाली नष्ट हुँदा अब के खाने भन्ने पिरले सताएको छ’, उनले भने ।
असिनापानीले भएको क्षतिको अनुगमन गरेर विवरण लिने काम भइरहेको र क्षतिपूर्तिका लागि कार्यपालिकाको बैठकबाट निर्णय लिने गाउँपालिका अध्यक्ष उमेश भट्टले जानकारी दिए । यसैगरी गाउँपालिकाको टोलीले असिनापानीले क्षति गरेको स्थानको अनुगमन गरी क्षतिको विवरण लिने काम भइरहेको र छिट्टै राहत उपलब्ध गराउने बताइएको छ। करिब ४५ वर्षपछि यति ठूलो असिनापानी परेको वडा नं १ का अध्यक्ष दत्तीसिंह भण्डारीले बताए । रासस
April 27, 2019 12:53 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड