हेर्नुहोस ,‘जात्रै जात्रा’ को ट्रेलर रिलिज, यसपटक पैसा होइन सुन लुकाउने र खोज्नेको संघर्ष
काठमाडौँ । प्रदीप भट्टराई निर्देशित नयाँ फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै गरेको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा बोलिएका संवादहरु रमाइला र उत्कृष्ट रहेका छन् ।
आगामी जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको जात्रै जात्रा करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल हो । कथा हेर्दा दुवै फिल्ममा धेरै समानता रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । पहिलो भागमा भेटाएको पैसा लुकाउन पात्रहरुले गर्ने संघर्षको कथा थियो । ‘जात्रै जात्रा’ मा भेटाएको सुन लुकाउन र धनी बन्ने लोभमा फिल्मका प्रमुख पात्रहरु देखिएका छन् ।
यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनियाका अलावा, प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । फिल्ममा अभिनेता दयाहाङ भने जात्रामा थिएनन् बहने यस फिल्ममा महत्वपूर्ण भूमिकामा रहेको ट्रेलर हेर्दा थाहा हुन्छ ।
April 27, 2019 2:12 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री