हेर्नुहोस ,‘जात्रै जात्रा’ को ट्रेलर रिलिज, यसपटक पैसा होइन सुन लुकाउने र खोज्नेको संघर्ष
काठमाडौँ । प्रदीप भट्टराई निर्देशित नयाँ फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै गरेको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा बोलिएका संवादहरु रमाइला र उत्कृष्ट रहेका छन् ।
आगामी जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको जात्रै जात्रा करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेल हो । कथा हेर्दा दुवै फिल्ममा धेरै समानता रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । पहिलो भागमा भेटाएको पैसा लुकाउन पात्रहरुले गर्ने संघर्षको कथा थियो । ‘जात्रै जात्रा’ मा भेटाएको सुन लुकाउन र धनी बन्ने लोभमा फिल्मका प्रमुख पात्रहरु देखिएका छन् ।
यो फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनियाका अलावा, प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ । फिल्ममा अभिनेता दयाहाङ भने जात्रामा थिएनन् बहने यस फिल्ममा महत्वपूर्ण भूमिकामा रहेको ट्रेलर हेर्दा थाहा हुन्छ ।
April 27, 2019 2:12 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
कुवेतमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १४१औँ जन्म जयन्ती मनाईयो