सलमानको ‘भारत’पछि अर्को फिल्ममा पनि प्रियंका चोपडाको भूमिका कटरिनालाई
मुम्बई। चर्चित भारतीय महिला धावक पिटी उषाको जीवनीमा क्याटरिना कैफले अभिनय गर्ने समाचार सार्वजनिक भएको छ। सिनेमाका लागि यसअघि प्रियंका चोपडालाई तय गरिएको थियो।
भारतीय संचारमाध्यमले प्रकाशित गरेको समाचारका अनुसार सिनेमालाई रेवती एस शर्माले निर्देशन गर्नेछन्। ती समाचारहरूमा प्रियंकालाई क्याटिनाले प्रतिस्थापन गर्ने उल्लेख छ।
‘मेरी कोम’ वायोपिक सिनेमामा काम गरेपछि प्रियंका हलिउड गएसँगै पिटी उषाको वायोपिकमा विलम्ब हुँदै आएको थियो। हाल आएर सिनेमामा क्याटरिनाको नाम अगाडी आएको छ। यदि यसो भएमा यो क्याटरिनाको पहिलो वायोपिक सिनेमा हुनेछ।
यस सिनेमासँग सम्बन्धित एक श्रोतका अनुसार सिनेमालाई विभिन्न भाषामा रिलिज गरिनेछ। सिनेमामा धावक पिटी उषासँग जोडिएका विभिन्न उपलब्धिलाई देखाइनेछ। आफ्नो जीवनकालमा पिटी उषाले १०१ भण्दा बढि अन्तराष्ट्रिय मेडल जितेकी थिइन्।हाल उनी भारतीय रेलवेमा काम गरिरहेकी छन्। यसका अलवा उनले युवा खेलाडीलाई प्रशिक्षितसमेत गर्छिन्।
April 28, 2019 10:49 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री