निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो
वीरगञ्ज – बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ ।प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामले राससलाई बताए।
पथलैयादेखि पूर्वमा तामागढी र उत्तरमा मकवानपुरसम्म फैलिएको सो निकुञ्जमा रहेका जनावरको सुरक्षा चुनौती बढ्दै गएपछि निकुञ्ज प्रशासनले ठाउँठाउँमा चेकपोष्ट राख्ने, विस्तारै गाडी हाँक्न लगाउने, जनचेतना फैलाउने काम गरिनेसमेत बताइएको छ । त्यसैगरी ओहरदोहर गर्ने जनावरको सुरक्षाका लागि सो क्षेत्रमा आकासे पुल बनाउने सोच रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
यसैगरी सेनाद्वारा बनाइरहेको फास्टट्र्याक पनि डिपिआरविना बनिरहेकाले हात्तीलगायतका जनावरलाई ओहोरदोहोर गर्न जोखिम हुने भएकाले त्यसतर्फ पनि निकुञ्ज प्रशासन गम्भीर रहेको बताइएको छ ।
निकुञ्जभित्र रहेको २० दुर्लभ पाटेबाघमध्ये दुई बाघ दुर्घटनामा मरेपछि अहिले निकुञ्जभित्र १८ पाटेबाघ मात्र रहेको छ । सडक दुर्घटनामा चैत महीनामा मात्र पाँच बदेल, चित्तल, बाँदर सवारीसाधनको ठक्करबाट मरेको छ भने वैशाख ५ गते सवारीसाधनको ठक्करबाट एक चित्तल मरेको रेञ्जर प्रकाश पुनले राससलाई बताए ।
अर्कोतिर निकुञ्जभित्र साउन, माघ र फागुन महीना गरी वर्षमा तीन पटक लाग्ने धार्मिक तथा ऐतिहासिक दुधेश्वरनाथ मेलाको कारण अत्यधिक चाप बढ्नाले दुर्लभ वन्यजन्तुको सुरक्षा चुनौती थपिने गरिन्छ । जनावरकै सुरक्षाको लागि त्यस ठाउँबाट बस्ती हटाइए पनि जवरजस्ती मेला लाग्दा जनावर असुरक्षित हुँदै गएको निकुञ्ज प्रशासनको भनाइ छ ।
निकुञ्जभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा पहिचान भएका पाटेबाघ, हात्ती, गैँडालगायतका दुर्लभ वन्यजन्तु र यसको बासस्थानमा नकारात्मक प्रभाव पर्ने गरेको छ ।
जैविक विविधताले भरिएको पर्सा राष्ट्रिय निकुञ्जमा रहेको लोपोन्मुख जनावर हिँड्न सुरक्षित तथा छोटो बाटो नभएकाले बेलाबेलामा सवारीसाधनको ठक्करबाट जनावर मर्ने क्रम बढ्दै गएको छ भने निकुञ्जभित्र रहेका काठ चोरी, अवैध सिकारी, उद्योगबाट निस्कने रासायनयुक्त धुवाँधुलोले समेत पर्या–प्रणालीमा प्रभाव पार्दा यसले जनावरको जीवनचक्रमा समेत प्रभाव पार्न थालेका छन् ।
कुल ६२७ दशमलव ३९ वर्ग किमिमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जङ्गल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफरजुन र दक्षिणमा निर्मलबस्ती, सुवर्णपुर रहेका छन ।
April 28, 2019 1:35 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड