‘एभेन्जर्स इण्डगेम’ हेर्न जाँदा यी युवतीका ब्वाइफ्रेण्डले के गरे यस्तो? संसारभर भइरहेछ चर्चा
लण्डन। यहाँ एक ब्वाइफ्रेण्डले गर्लफ्रेण्डको लागि फिल्म हेर्न जाँदा पालना गर्नुपर्ने नियमको सूचि नै बनाइदिए । युवकले बनाएको नियमअनुसार फिल्म हेर्दै गर्दा गर्लफ्रेण्डले केही खान र पिउन पाउँदिनन् । युवक पपकर्नको लागि लाइन लाग्ने छैनन् । क्यामिला रोज नामकी युवतीले ब्वाइफ्रेण्ड साइरिल सोकपोरले बनाएको नियम सामाजिक संजालमा शेयर गरिन् । अहिले मानिसहरु साइरिलको फिल्मप्रतिको प्रतिबद्धताको तारिफ गरिरहेका छन् ।

साइरिल र क्यामिला ‘एभेन्जर्स इण्डगेम’ फिल्म हेर्न जाने बेला साइरिलले यस्तो नियम बनाएका हुन् । यी दुईका १८ महिनाका बच्चा छन् । साइरिलले नियममा प्रस्ट लेखेका छन् कि फिल्म वा क्रेडिट्स (नामहरु) चलिरहेका बेला कुनै पनि कुराकानी गर्न पाइने छैन । यदि कुनै इमरजेन्सी वा बच्चासँग सम्बन्धित केही भएमा भने यो नियम लागू हुने छैन । यस्तो स्थितिमा क्यामिला घर जान सक्छिन्, फिल्म सकिएपछि साइरिलले उनलाई घरमै आएर भेट्नेछन् ।
April 30, 2019 6:23 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो