च्याम्पियन्स लिग : लिभरपुल र बार्सिलोनाको प्रतिस्पर्धा, क्लप भन्छन् ‘भरपुर प्रयास गर्नेछाैँ’
लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले भनेका छन् कि च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगमा उनको टोली कमजोर छ । तर, उनीहरुलाई पहिलो लेगमा अग्रता हासिल गरी सहज अवस्थामा पुग्ने अवसर पनि हुनेछ ।
लिभरपुलले बुधबार राति पौने १ बजेदेखि बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा पहिलो लेगमा प्रतिस्पर्धा गर्दैछ । ‘हामी उत्कृष्ट छैनौँ, हामीले गल्ती गर्छौँ र पराजित हुन सक्छौंँ । हामीसँग अवसर पनि छ । यसको हामी भरपूर प्रयोग गर्ने प्रयास गर्नेछौं,’ प्रशिक्षक क्लपले भने ।
गत सिजन लिभरपुललाई फाइनलमा पुर्याएका प्रशिक्षक क्लपले भने, ‘हामी आफ्नो खेल खेल्नका लागि पूर्ण स्वतन्त्र छौँ। बार्सिलोना निकै नै सानदार टोली हो । हामी गएको सिजन उपाधि नजिक पुगेका थियौं । उनीहरु पछिल्लो २० वर्षदेखि सफल भइरहेका छन् । त्यसैले म यस खेलका लागि धेरै उत्साही छैन । मेरा खेलाडीहरुले पनि यही महशुस गरिरहेका छन् भन्ने लाग्छ ।’
लिभरपुल र बार्सिलोना दुवै टिम पाँचपटकका उपाधि विजेता हुन् । तर, बार्सिलोनाले ४ उपाधि पछिल्लो १३ वर्षमा जितेको छ भने लिभरपुलले आधुनिक लिग सुरु भएपछि दुईपल्ट मात्र जितेको छ ।
May 1, 2019 10:50 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी