Tuesday 4th November 2025

आज झन् घट्यो सुनको भाउ, तोलाको कति ?

7 years अगाडी

काठमाडौं । आज बुधबार सुनको मुल्य झन् घटेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो मंगलबार सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          May 1, 2019 11:11 am | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...