अध्यन : स्वास्थ्यका लागि चुरोट सेवन धेरै खत्तरा हुन्छ कि रक्सी ?
काठमाडौं । एक स्वस्थ्य मानिसका लागि रक्सी वा चुरोट दुवै लाभदायक होईन् । एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ । यसरी हेर्दा यी दुबै कुराहरु स्वास्थ्यका लागि राम्रो हुँदैनन् ।
ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो ।’ विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा धेरै रहन्छ ।
अर्को कुरा त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका हो त्यो के भने चुरोटलाई पूर्णरूपमा त्याग्नुपर्दछ । सरकारी निर्देशिका अनुसार एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु उपयुक्त हुँदैन । यो भनेको लगभग साढे तीन लिटर बियर वा ६ गिलास जति वाइन बाराबर नै हो ।
उक्त अनुसन्धानमा कसैको स्वास्थ्य खतरामा रहेको छ भने रक्सी पिउने कुनै मात्रा तय गर्नु ठीक नहुने उल्लेख गरिएको छ । अनुसन्धानले कम रक्सी पिउनेमा पनि क्यान्सरको खतरा रहने देखाएको छ ।
‘बीएमसी पब्लिक हेल्थ’ को एउटा लेखमा अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘यदि चुरोट नपिउने १ हजार पुरुष वा १ हजार महिलाले एक सातामा एक बोतल रक्सी पिए भने लगभग १० जना भन्दा बढी पुरूष र १४ जना भन्दा बढी महिलालाई उनीहरूको जीवनकालमा क्यान्सरको खतरा बढाइदिन्छ ।
रक्सी पिउने महिलामा स्तन र पुरुषमा पेट तथा कलेजोको क्यान्सरको खतरा बढी हुनसक्छ ।’ उक्त अनुसन्धानमा सहभागी अनुसन्धानकर्ताहरूले क्यान्सर रिसर्च यूकेको क्यान्सरको खतरामा आधारित तथ्याङ्कहरूको प्रयोग गरेका हुन् । त्यसका साथै उनीहरूले सुर्ती र रक्सीका कारण हुने क्यान्सर रोगीहरूको तथ्याङ्कको पनि अध्ययन गरेका थिए ।
स्तन क्यान्सरको अनुसन्धान गर्ने डा.मिनौक सोमेकर भन्नुहुन्छ, ‘अनुसन्धानले रोचक कुराहरू अगाडि ल्याएको छ तर त्यसको तस्बिर स्पष्ट छैन ।’ द इन्स्टिच्युट अफ क्यान्सर रिसर्चका वैज्ञानिक समेत्त रहनु भएका डा.सोमेकर भन्छन्, ‘क्यान्सरको खतराको तस्बिर धेरै नै जटिल छ ।
त्यसैले यो बुझ्नु जरूरी छ कि केही मान्यताका आधारमा नयाँ अध्ययनहरू गरिएका छन् ।’ उदाहरणका रूपमा चुरोट र रक्सी पिउँदा पर्ने प्रभावलाई पूर्ण रूपमा रोक्न गाह्रो छ । अध्ययनमा क्यान्सरका बारेमा मात्र चर्चा गरिएको छ। तर अन्य खाले रोगबारे चर्चा छैन । चुरोट पिउनेहरूलाई मुटु तथा फोक्सो सम्बन्धी रोगहरू धेरै लाग्ने मानिन्छ ।
उक्त अनुसन्धानमा सन् २००४ को तथ्याङ्क प्रयोग गरिएको छ र क्यान्सरका अन्य कारणहरूलाई यसमा समावेश गरिएको छैन । उमेर, वंशाणु, खानपान र जीवन शैली पनि क्यान्सरको कारण हुनसक्छ । एजेन्सीको सहयोगमा
May 1, 2019 11:56 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय