श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान कुमार सांगाकारा मेर्लिबोन क्रिकेट क्लबको अध्यक्षमा नियुक्त
श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान कुमार सांगाकारा मेर्लिबोन क्रिकेट क्लब (एमसीसी) को अध्यक्षमा नियुक्त भएका छन् । सांगाकारा बेलायत बाहिरको खेलाडी एमसीसीको अध्यक्ष बनेको पहिलो पटक हो । अक्टोबर एक तारिखबाट लागू हुने गरी एमसीसीका अहिलेका अध्यक्ष एन्थोनी वेरफोर्डले सांगाकारालाई नयाँ अध्यक्षमा मनोनयन गरेका हुन् । बुधबार एमसीसीको वार्षिक बैठकमा सांगाकारा एक वर्षका लागि नयाँ अध्यक्षमा नियुक्त भएको घोषणा गरिएको हो ।
एमसीसीको नयाँ अध्यक्षमा नियुक्त भएपछि सांगाकाराले विश्वको प्रतिष्ठित क्लवको अध्यक्षमा नियुक्त हुन पाउदा निकै गर्व महसुस भएको बताएका छन् । साथै उनले एमसीसी विश्वकै उत्कृष्ट क्रिकेट क्लब भएको र उसको क्रिकेट भित्र र बाहिर निकै राम्रो इज्जत रहेको बताए । २०२० क्रिकेटका लागि झन उत्कृष्ट वर्ष हुने बताउँदै, सो बेला एमसीसीको अध्यक्षका हैसियतले राम्रो योगदान गर्नेमा विश्वस्त रहेको बताए ।
सांगाकाराले २०११ मा एमसीसीको स्प्रिट अफ क्रिकेट लेक्चरमा आफ्ना सहभागिता जनाएका थिए । २०१२ मा सांगाकारालाई आजीवन एमसीसीको सदस्यता दिइएको थियो । यही वर्ष उनले एमसीसीको विश्व क्रिकेट कमिटीमा समावेश भएका थिए । त्यसपछि पनि उनी सक्रिय सदस्यका रुपमा काम गर्दै आएका थिए ।
May 2, 2019 10:19 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी