यस्ता रोगीहरुले आँप नखानुहोस्
काठमाडौं। गर्मी महिनामा आँप सहज रुपमा पाइन्छ । बच्चादेखि बुढासम्म सबैलाई यो फल मनपर्छ । यो फल स्वास्थ्यका लागि पनि राम्रो मान्निछ । तर, मानिसहरुमा केही यस्ता रोगहरु हुन्छन् जसका कारण आँप खानु उचित मानिदैन । आउनुहोस् कुन रोग लाग्दा आँप खान हुँदैन ।
१. डायबिटीजः जो व्यक्तिहरुलाई डायबिटीजको समस्या छ उनीहरुले आँप खानु हुँदैन । आँप धेरै नै गुलियो हुने भएका कारण शरीरमा सुगर लेभल बढ्छ ।
२. पेटको समस्याः आँपमा फाइवरको मात्रा धेरै हुन्छ । यसले शरिरमा अत्यन्त गर्मी पैदा गर्छ । मानिस जसमा पेटको समस्या छ उनीहरुले पनि आँप खानु हुँदैन ।
३. मोटोपनः जो मानिसहरुको तौल धेरै छ उनीहरुले समेत आँप खानुहुँदैन । यसमा धेरै सुगर र क्यालोरी हुन्छ । यसका कारण झन् तौल बढ्ने गर्छ ।
४. एलर्जीः आँप छिटो पाक्न क्यालसियम कार्वाइडको प्रयोग गरिन्छ । जो मानिसहरुलाई एलर्जीको समस्या छ उनीहरुले आँप खानुहुँदैन ।
५. मुटुको रोगीः यसमा पोटासिशयमको मात्रा ज्यादा हुन्छ । आँप धेरै खाँदा शरिरमा कोलेस्ट्रोल बढ्ने गर्छ । यसले मुटुमा समस्या गर्छ ।
६. अस्थमाः अस्थमा (दम) भएका बिरामीहरुले पनि आँप खानु हुँदैन । यसमा एनाकार्डिक एसिड हुन्छ । यसले सास लिन समस्या पैदा गर्छ ।
७. दाँतः आँपमा भिटामिन–सी हुन्छ । यसको अधिक सेवनले भिटामिन सीको मात्रा बढ्छ । जसका कारण दाँतमा नोक्सान पुर्याउने काम गर्छ ।
८. मुखको छाला जाने समस्याः आँपले शरिरमा गर्मी पैदा गर्छ । यसका कारण ओठमा छाला जाने समस्या देखिन्छ ।
May 2, 2019 11:29 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय