Saturday 14th March 2026

नेपालको पर्यटन प्रचार प्रसार दुवइमा , नेपाली साझ गरिदै

7 years अगाडी

गुरु प्रसाद रेग्मी,

युएइ , मध्यपूर्वकै सबै भन्दा ठुलो पर्यटन प्रबर्धन प्रदर्शनी मेला एटिएम युएइको दुवइमा सुरु भएको छ । प्रदर्शनी हरेक बर्ष मे महिनामा चार दिन सन्चालन हुने गरेको छ जस अन्तर्गत यसै साता सन्चालनमा छ । नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउने उदेश्य अनुरुप युएइमा प्रचार प्रसार अभियानको लागी गत आइतवार देखिन सन्चालित अरवियन पर्यटन बजार ( एटिएम ) मा नेपालको सहभागिता रहेको पर्यटन वोर्डले जानकारी गरायो ।

खाडी राष्ट्रबाट नेपालमा पर्यटक भित्राउने मुख्य उदेश्य सहित प्रचार प्रसारमा लागेको र बिदेशीहरुलाई नेपाली कला सस्कृती पर्यटकिय स्थलको वारेमा जानकारी समेत गराउने उदेश्य पर्यटन वोर्डको रहेको छ । विश्वोकै प्रमुख ब्यापारिक तथा पर्यटकिय मुलुक मध्यको एक युएइको दुवइ राज्यमा आफ्नो मुलुकको पर्यटन प्रबर्धनकोलागी मेलामा सहभागिता जनाउनाले विश्वोका अन्य मुलुकका नागरिकलाई समेत नेपाल बारे जानकारी गराउन सकिने वोर्डको बिश्वास छ ।
मेलामा पर्यटन वोर्डका प्रवन्धक सुमन घिमिरे तथा पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रमुख मडिराज लामिछाने सहभागी छन ।

पर्यटन प्रदर्शनिको अन्तिम दिन बिहिवार दुवइमा नेपाली साझको समेत आयोजना गरिएको छ भने उक्त साझमा युएइमा रहेर ब्यापार ब्यावसाय गर्दै आएका नेपाली ब्यावसायी साथै बिदेशीहरु ले समेत सहभागिता जनाउने दुतावासको विश्वास छ ।नेपाली साझ नेपाली दुतावास आवुधावी , नेपाल पर्यटन वोर्ड तथा नेपाल एयरलायन्सले सम्युक्त रुपमा गर्दै छन भने नेपाली उत्पादन तथा कला र सस्कृती विश्वो समक्ष चिनाउनु समेत दुतावासको उदेश्य रहेको युएइका लागी नेपाली राजदुत कृष्ण प्रसाद ढकाल ले जानकारी गराए । पर्यटन प्रबर्धन मेला युएइको दुवइ स्थित ट्रेड सेण्टर एरिनामा गत आइतवार देखी सन्चालनमा छ भने आज बिहिवार मेलाको अन्तिम दिन रहेको समेत दुतावासले जानकारी गरायो ।

          May 2, 2019 3:01 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...