

काखी गन्हाएर हैरान हुनुहुन्छ ? अपनाउनुस् यी ७ उपाय

गर्मी मौसममा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ। यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ । काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस्। किनकी यसका समाधान पनि छन् ।
काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः
हावा छिर्ने (प्राय कटन र फाईबर)का लुगा लगाउने : हावा छिर्ने लुगा लगाउनुपर्छ। अन्य लुगाले पसिना नसोस्ने तथा छालामा पनि अशर गर्ने भएकोले गर्मी मौसममा सिन्थेटिक्सयुक्त कपडा लगाउनुपर्छ।
छालाको पीएच घटाउ : एसिड भएको समयमा छालाको ब्याक्टेरिया बाँच्न सक्दैन। तसर्थ स्याउको वाइन, भिनेगार, चियाको तेल र विच हेजल लगाउँदा पनि शरिरको दुर्गन्ध हट्छ। स्याउको वाइन, भिनेगर र विच हेजललाई पाखुरामुनि दल्ने गर्नुपर्छ।
खाना खाँदा बिचार पुर्याउने : गर्मी मौसममा कफीको मात्रा, जंक फुड र तेलीय खानेकुरा घटाउनै पर्छ। यी खानेकुरा विशेषगरी क्याफिनले पसिना ग्रन्थीलाई उत्तेजित बनाउँछ जसका कारण शरिरमा अत्यधिक पसिना आउने र गन्हाउने गर्छ।
काखीमा कागती : कागतीको रस दल्नु सबैभन्दा उपयुक्त घरेलु तरिका हो। यसबाट कुनै साइड इफेक्ट हुँदैन। आधा टुक्रा काटेको कागती काखीमा निचोरेर दल्ने र यसलाई केही समय सुक्न दिएर लुगा लगाउनुपर्छ। यसको केहीबेर पछि चिसो पानीले नुहाउनुपर्छ। यसले शरिरबाट आउने पसिनायुक्त गन्धबाट मुक्त गर्नुका साथै लामो समयसम्म ताजा राख्छ।
मौसमी फलफुल र पर्याप्त पानी : मौसमी फलफुल र प्रर्याप्त पानी पिउदा पनि पसिना गन्हाउने समस्याबाट केही हदसम्म बच्न सकिन्छ।
तुलसी र निम पात : लसी र निम दुबैमा ब्याक्टेरिया बिरोधी तत्वहरु हुन्छन्। यसले ब्याक्टेरिया उत्पन्न हुनबाट बचाउँछ। तुलसी र निमको पातको लेपन बनाएर काखी वा शरिरको पसिन आउने अन्य भागमा लगाउनुपर्छ। केही समय रहन दिएर धुने वा नुहाउने गर्नुपर्छ। सातामा तीन पटक यस्तो लेपन लगाउँदा उत्तम हुन्छ। नुहाउनु भन्दा अगाडि यो लगाउँदा प्रभावकारी हुन्छ।
सरसफाई र स्वास्थ्यमा ध्यान : काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध शरिरभर फैलिएर समग्रमा शरिर नै गन्हाउँछ। हाम्रो शरिरको कुनै पनि अंगमा आउने पसिनालाई रोक्न सकिँदैन किनकी पसिना आउनु पनि एउटा नियमितता हो। तर यसबाट उत्पन्न हुने समस्याबाट बच्न गर्मी मौसममा कम्तिमा एकपल्ट नुहाउने गर्नुपर्छ। विशेगरी एन्टिब्याक्टेरिया साबुनको प्रयोग गर्नुपर्छ।
May 3, 2019 11:05 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

