

गर्भनिरोधक औषधिसँग जोडिएका भ्रम, यसको प्रयोगले साँच्चै बाँझोपन हुन्छ त ?

एजेन्सी – असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहाने महिलाहरु गर्भनिरोधक औषधिको प्रयोग गर्ने गर्छन् । गर्भवती हुनबाट बच्नको लागि प्रयोग गरिने विभिन्न औषधिमध्ये गर्भनिरोधक चक्की निकै प्रचलनमा छ । यस्तै, धेरै महिलाहरु गर्भनिरोधक चक्कीको सेवन गर्न डराउँछन् । यो औषधिसम्बन्धी समाजमा व्याप्त विभिन्न प्रकारका भ्रमका कारण महिलाहरु यसको प्रयोग गर्न चाहादैनन् ।
समाजमा यस्ता औषधिलाई लिएर फरक –फरक धारणा पाइन्छ । जस्तैः गर्भनिरोधक औषधिको प्रयोग गरेमा मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारीसम्बन्धी गडबडी जस्ता समस्याहरु आउँछ भन्ने सोचका कारण महिलाहरु यसको सेवन गर्न इन्कार गर्छन् ।
गलत धारणा : हरेक चीजको फाइदा र नोक्सान दुवै हुन्छ । यस्ता औषधिहरुसँग जोडिएका फरक–फरक धारणाहरु हुन्छन् । स्वास्थको दृष्टिले सही वा गलत भन्ने कुरा व्यक्तिमा भर पर्ने भएकाले तपाईंको यस्ता औषधिको प्रयोग गर्नुभन्दा पहिले चिकित्सकको सल्लाह लिनु आवश्यक छ ।
मोटोपन : गर्भनिरोधक औषधि वा अन्य औषधिहरुले मोटोपन बढाउने वा नबढाउने भन्ने कुरा यसमा भएको हर्मोनमा निर्भर गर्छ । हरेक मानिसको शारीरिक बनावट फरक–फरक भएजस्तै हर्मोनको मात्रा पनि फरक–फरक हुन्छ । त्यसैले यसको सेवनले शरीरमा तौल बढ्ने वा नबढ्ने पनि मानिसको शारीरिक बनावटमा निर्भर गर्ने भएकाले यसको सेवन गर्नुपूर्व डाक्टरको सल्लाह लिनु आवश्यक छ ।
बाँझोपन : हरेक महिलाको एउटै चिन्ताको विषय हो बाँझोपन । धेरैमा यहि विश्वास छ कि गर्भनिरोधक औषधिको सेवनले बाँझोपन निम्तिन्छ । तर, ३० वर्षभन्दा कम उमेरका महिलामा बाँझोपन आउनुमा गर्भनिरोधक औषधिको प्रयोग भन्दा पनि अन्य शारीरिक समस्या हो । उमेर बढ्दै जाँदा गर्भधारण गर्न समस्या आउँने डाक्टरहरु बताउँछन् ।
क्यान्सर : गर्भनिरोधक औषधिको प्रयोगले क्यान्सर हुन्छ र यसले भविष्यमा गर्भधारण गर्न समस्या गर्छ । यो मानिसमा फैलिएको भ्रम मात्र भएको डाक्टरहरु बताउँछन् ।
गर्भपतन : गर्भधारण गरिसकेका महिलाहरुले गर्भनिरोधक औषधिको सेवन गरेमा गर्भपतन हुन्छ भन्ने धारण रहेको छ । वास्तवमा गर्भवती भइसकेकी महिलाले यस्ता औषधिको सेवन गरेपनि यसले कुनै पनि प्रकारको असर गर्दैन ।
गर्भनिरोध औषधिको बारेमा जति भ्रम र यथार्थ भएपनि यसको सेवन गर्नुपूर्व हरेक महिलाले डाक्टरको सल्लाह लिन अत्यावश्यक छ ।
May 3, 2019 12:57 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

