Sunday 27th July 2025

रायोको साग यसरी खान जान्यो भने दर्जन बढी स्वास्थ्य समस्या चैट

6 years अगाडी

काठमाडौं । सागपात हरेक मौसममा खान मिल्ने बेमौसममा समेत उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने गर्छ । यसमा रायोको सागको तरकारी धेरैको रोजाइमा पर्ने गर्छ ।संसारभर पाइने अनकौँ तरकारीमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा रायो पर्छ । तसर्थ, रायो स्वास्थ्यका दृष्टिले झनै लाभदायक छ ।रायोलाई पकाएर, काँचै वा सिजनिङ जे गरेर पनि खान सकिन्छ । धेरै पकाउँदा भने यसमा रहेका पोषण तत्व नष्ट हुन सक्छ । रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ ।

रतन्धो, पुरानो बाथ र कफ आदिबाट बच्न रायो उपयोगी हुन्छ । रायोमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ । रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन पक्रिया बलियो बन्छ । यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ । शरीरमा भिटामिन केको कमी भएमा गर्भवतीलाई वाकवाकी बढी नै लाग्ने तथा टाउको दुख्नेजस्ता समस्या हुन्छ ।

रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा समस्या समाधान हुन्छ । बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ ।रायोमा पाइने कपरले यो समस्या हल गर्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत हो । तसर्थ, रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ । रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ । रायोको साग नियमित खाँदा क्यान्सरको जोखिमलाई कम गर्छ । यसमा पाइने भिटामिन केले नाक, पेट, मुख र कलेजा आदिकोको क्यान्सर लाग्ने जोखिम कम गर्छ । एजेन्सी

          May 4, 2019 3:13 pm | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...