

गैरआवासीय नेपाली संघ साउदी अरबले गर्यो नेपाली राजदुतावास नियोग उप-प्रमुखलाई बिदाई ।

तेज थापा,
दम्माम, साउदि अरब – गैरआवासीय नेपाली संघ साउदी अरबले हिजो ३ मे, २०१९ का दिन एक बिशेष कार्यक्रम गरि नेपाली राजदुतावास नियोग उपप्रमुख आनन्द प्रसाद शर्मालाई विदाइ गरेको गरेको छ । साउदी अरबको पुर्बी प्रान्त दम्माम स्थित अलख्याम अडिटरिम हलमा सम्पन्न बिदाई कार्यक्रममा नेपाली राजदुतावास रियाद साउदि अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुत, श्रमसहचारि अम्बिका प्रसाद अधिकारी, पुर्वि क्षेत्रका स्थानीय कर्मचारी हरि घिमिरे लगायत दूतावास परिवारको समुपस्थितिमा एनआरएनए विभिन्न तह र समितिहरुमा आवद्ध स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदाधिकारीहरु एवम् सिंगो एनआरएनए साउदी परिवारले एकमुष्ठ रुपमा विदाई कार्यक्रममा सम्पन्न गरेकोे हो ।
एनसीसी महासचिवले संचालन गरेको विदाइ कार्यक्रममा आईसीसी सदस्य एवम् वैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याण समितिका मध्यपुर्व सह-संयोजक जोन अर्याल तथा एनसीसी साउदि अरबकि महिला संयोजक रविन अर्यालद्वारा नियोग उपप्रमुख दम्पतीलाई नेपाली टोपी र खादा पहिराइ सम्मान गरिएका थिए । त्यसैगरि एनआरएनए आईसिसि मध्यपुर्व महिला उपसंयोजक यास्मिन बेगम तथा एनसीसी साउदिका संरक्षक पुरुषोत्तम दास श्रेष्ठले संयुक्तरूपमा पुष्प गुच्छाद्वारा सम्मानित गरिएको थियोे भने एनसीसी साउदिका अध्यक्ष नारायण पासवानद्वारा प्रमाणपत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै नियोग उप-प्रमुख शर्माले एनआरएनए साउदी र दूतावासको सम्बन्ध स्मरण गर्दै पासपोर्ट सहजिकरण, आममाफि लगायत नेपाली श्रमिकहरुको समस्या समाधानमा एनआरएनएले खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए । त्यसैगरि नेपाली श्रमिकहरुका समस्याका समाधान अलावा साउदीमा नेपालको पर्यटन प्रवर्धन लगायतका कार्यगत विषयमा एनआरएनए साउदी र दूतावास विच सहकार्य गरि अघि बढ्न सकिने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी संस्थाको तर्फबाट बिदाई मन्तव्य दिदै एनसीसी अध्यक्ष नारायण पासवानले सुरुवाती चरणमा का.बा. राजदूत र नियोग उप-प्रमुखको हैसियतमा शर्माले निभाएको भूमिकाप्रती मुक्त कण्ठले प्रशंसा गर्दै एनआरएनए र दूतावास विचको गहिरो सम्बन्ध स्थापना गर्न शर्माले खेलेको भूमिका स्मरण गराएका थिए ।
विगत करिव चार बर्ष पहिले कर्मथलो बनाई साउदि अरब आएका शर्मा यहि बुधबार दूतावास नियोग उप-प्रमुखको जिम्मेवारी अन्त्यगरि नेपाल फर्कदै छन् । सुरुवाती चरणमा कार्यवाहक राजदूतको समेत भूमिका निर्वाह गरेका शर्मा निकै शान्त स्वभावका सहनशील र कुशल प्रशासकका रुपमा चिनिन्छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

