

हजुरबुवाले सय वर्ष पहिले चोरे मूर्ति, भगवानको प्रकोपसँग डराएर नातीले फिर्ता दिए

काठमाडौं। भारतको तमिलनाडुमा निकै आश्चर्यजनक घटना भएको छ । यहाँको मदुराइ शहरको मेलोर मन्दिरबाट सन् १९१५ मा चोरी गरिएको द्रोपथी अम्माको मूर्ति पुलिसले फेला पारेको छ । ७ सय वर्ष पुरानो मूर्ति मन्दिरका पुजारी करप्पास्वामीले चोरी गरेका थिए । तर, भगवानको प्रकोपसँग डराएका उनकोमुरुगसेनले मूर्ति मन्दिर प्रशासनलाई फिर्ता दिएका छन् । मूर्तिलाई अब पुनः विधिपूर्वक मन्दिरमा स्थापित गरिनेछ ।
नाति मुरुगसेनका अनुसार मूर्तिका कारण उनको परिवारमा संकट आयो । परिवारका केही सदस्यको अकालमै मृत्यु भयो । कैयौं बिरामी भए । उनलाई लाग्थ्यो कि मूर्ति चोरेका कारण उनको परिवारमा यी संकटहरु आइरहेका छन् । मूर्ति चोरी हुने समयमा यो मन्दिरमा २ पुजारी हुन्थे । करप्पास्वामीको अर्का पुजारीसँग विवाद भएको थियो । यही कारण उनले मूर्ति चोरी गरे । चोरीका विषयमा १९१५ मै ब्रिटिश पुलिसमा उजुरी दर्ता समेत गरिएको थियो ।
अहिले ६० वर्षमा भइसकेका मुरुगसेनका अनुसार उनले बाल्यकालमै हजुरबुवालाई भित्तातिर फर्किएर पुजा गरेको देखेका थिए । सुरुसुरुमा उनलाई यो सामान्य कुरा लाग्थ्यो तर अहिले उनलाई शंका भयो । उनले यो कुरा मन्दिर प्रशासनलाई बताए । मन्दिर प्रशासनले भित्ता फोरेर हेर्दा त्यहाँभित्र डेढ फिटको दुर्लभ मूर्ति भेटियो । यो मूर्ति करिब ७ सय वर्ष पुरानो हो । मेलोरको मूर्ति लगभग ८ सय वर्ष पुरानो हो ।
May 5, 2019 12:39 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

