अमेरिका र इरानबीच युद्ध हुन लागेकै हो ?
बीबीसी। अमेरिकाले इरानलाई एउटा ‘स्पष्ट र सिधा’ सन्देश दिन मध्य–पूर्वमा आफ्नो एउटा युद्धपोत तैनाथ गरेको छ। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जान बोल्टनले भनेका छन्, ‘ट्रम्प प्रशासनले यो निर्णय दुख दिने र उक्साउन संकेत गर्ने र चेतावनी दिनेको जवाफमा लिएको हो।’
एक अमेरिकी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार इरानमा रहेका अमेरिकी सुरक्षा बलको मुख्यालयमा आक्रमणको आशंका गरिँदै आएको थियो र त्यही कारण अमेरिकाले यो कमद उठाएको हो। जन बोल्टनले कुनै पनि प्रकारको आक्रमणको जवाफ गतिलेसँग दिने बताएका छन्।
बोल्टनले भने, ‘ अमेरिका यूएसएस अब्राहम लिंकन क्यारियर स्ट्राइक ग्रुप र एक बाम्बर टास्क फोर्सलाई अमेरिकाको ‘सेन्ट्रल कमाण्ड’ क्षेत्रमा पठाउँदैछ। हामी यस्ता इरानी शासनलाई एउटा स्पष्ट र सिधा सन्देश दिनकालागि गरिरहेका छौं। सन्देश के हो भने यदि अमेरिका या उसका सहयोगीमाथि कुनै पनि प्रकारको आक्रमण भयो भने त्यसको गतिले जवाफ दिन्छौं।’
बोल्टनले अगाडि भने, ‘अमेरिका इरानसँग युद्ध गर्न चाहँदैन। तर हामी कुनै पनि प्रकारको आक्रमणको जवाफ दिन पूरै तयार छौं। चाहे यो इस्लामिक स्टेट रिभोल्यूशनरी गार्ड्स या इरानी सेनाले सुरु गरेको छद्म युद्ध किन नहोस्।’ यसअघि अमेरिकाले इरानको एलीट रिभोल्यूशनरी गार्डलाई ‘विदेशी आतंकवादी संगठन’ भनि सकेको छ।
May 7, 2019 9:25 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग