

जानी राखौ : पानीको कमीले शरीरमा देखिने यी हुन् ७ समस्या !

पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ । यद्यपि, शरीरमा विभिन्न कारणले पानीको कमी हुन्छ ।मिर्गौैलामा समस्या शरीरमा पानीको कमीले मिर्गौलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्ने भएकाले त्यसले मिर्गौलामा असर पु९याउँछ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन । फलस्वरूप मिर्गौला कमजोर हुन्छ ।
रक्तचापमा कमी : पानीको कमीका कारण एक्कासि शरीरमा रक्तचाप ९ब्लडप्रेसर० घट्ने हुन्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउनेजस्ता समस्या देखा पर्छन् ।
चाउरीपन र छाला सुक्खा : शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने तथा चाउरी पर्ने समस्या हुन्छन् । त्यस्तै, मौसमविपरीत ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने गर्छ ।
एक्कासि मुड परिवर्तन : एक्कासि रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने भएमा पानीको कमी भएछ भन्ने बुझ्नुपर्छ । डिहाइडे«सन हँुदा मानसिक असर पर्ने भएकाले यो अवस्थामा छिटो मुड परिवर्तन हुने गर्छ ।
जोर्नी र मांसपेशीमा समस्या : पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा यी दुवैमा पीडा हुन्छ । त्यस्तै, पिँडौला दुख्ने, बाउँडिनेजस्ता समस्यासमेत देखा पर्छ ।
पाचनसम्बन्धी समस्या : पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ । अनि, पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने आदि समस्या देखिन्छ ।
टाउको दुख्ने, थकान महसुस हुने : शरीरमा पानीको कमी भएमा थकान महसुस हुने र टाउको भारी भई दुख्ने हुन्छ । पानीको मात्रा अलिकति मात्र कमी हुँदासमेत पूरै शारीरिक प्रणाली नै कमजोर हुन्छ । यसको असरस्वरूप थकान महसुस हुन्छ ।
May 7, 2019 9:54 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

