 
						 
एयरपोर्ट छेउमै कसले राख्यो बम , मान्छेको भागभाग (हेर्नुहोस भिडियो)
 
 काठमाडौंको कोटेश्वरमा शंकास्पद वस्तु भेटिएको छ । कोटेश्वर चोक नजिकै शंकास्पद झोला भेटिएपछि प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । शंकास्पद वस्तु भेटिएको र त्यसको पहिचान गर्ने काम भइरहेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए । कोटेश्वर चोकदेखि तीनकुनेतर्फ सडकदेखि बाहिर मिनी ट्रकहरु पार्क गरी राख्ने ठाउँमा शंकास्पद झोला भेटिएको हो ।
‘शंकास्पद ब्याग भेटिएको छ, हामी पहिचान गर्दैछौं’ उनले भने । नेपाली सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगेको छ । शंकास्पद वस्तु भेटिएका कारण प्रहरीले तीनकुनेदेखि कोटेश्वर चोकतर्फ जाने सडक खाली गराएको छ । ती गाडीहरुलाई तीनकुने र कोटेश्वर चोकमा रोकिएको छ ।
कोटेश्वरबाट तीनकुनेतर्फ आउने गाडीहरु भने चलेका छन् । शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर- भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ । ट्राफिक प्रहरीले कोटेश्वर चोक हुँदै चल्ने सवारी साधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । सार्वजनिक यातायातको आवागमन सहज बनाउने प्रयास गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।
May 7, 2019 9:57 am | भिडियो 
प्रतिकृयाहरू :
समाचारहरु:
 
						भर्खरै प्रकाशित
 
			  		कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
 
			  		कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
 
			  		संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
 
			  		प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
 
			  		त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
 
			  		जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
 
			  		भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
 
			  		जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
 
 
