धनुषामा साढे दुई वर्षीय बालककाे घाँटी रेटेर हत्या
7 years अगाडी
Susma Dhakal
धनुषा – धनुषामा साढे दुई वर्षको बालकको घाँटी रेटी हत्या भएको छ । मिथिला नगरपालिका–६ ढल्केबरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहको घाँटी रेटी हत्या भएको हो ।सोमबारदेखि हराइरहेका बालकको आफ्नै घर पछाडीको आँपको बगैँचामा मंगलबार बिहान घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको हो । बालक सोमबार दिउँसो घरबाट बेपत्ता भएपछि प्रहरीलाई जानकारी गराइएको थियो । प्रहरीसहित स्थानीयले खोजी गरिरहेका थिए ।
वैदेशिक रोजगारीमा गएका शम्भुको दुई छोरी र एक मात्र छोरा थिए । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक सरोज राईले बालकको हत्या भएको बताउनुभयो । उहाँले बालकको अपहरणपछि हत्या भएको हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । ‘घटनाबारे अनुसन्धान भैरहेको छ । अनुसन्धानपछि मात्र घटनाबारे जानकारी दिन सकिन्छ ।’ उहाँले भन्नुभयो ।
May 7, 2019 10:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
Loading...