Saturday 14th March 2026

अज्ञात समूहले डोटीमा वडा कार्यालय जलायो !

7 years अगाडी

अज्ञात समूहले सोमबार राति बडीकेदार गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय जलाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनुभएको जानकारी अनुसार सोमबार राति वडा कार्यालयमा आगजनी भएको हो ।आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको वडा नम्बर ४ का वडाध्यक्ष वीरेन्द्र बहादुर कोटकेनीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडा कार्यालयको ढोका तोडफोड गरेर सबै सामाग्री र कागजात एक ठाउँमा जम्मा पारेर आगो लगाइएको छ ’

राति नै आगो लगाइएको भए पनि मंगलबार बिहान मात्र प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक भरत चौधरीको नेतृत्वमा घटना स्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामले बताउनुभयो ।

आगो कसले र किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता नलागे पनि केही समय अघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालय नजिक सुनालेकमा रहेको अस्थायी प्रहरी चौकी नहटाए कारवाही गर्ने धम्की दिएका कारण उनीहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

          May 7, 2019 11:53 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...