

वर्ड फ्लु भएको बेलामा कुखुराको मासु खान हुन्छ की हुँदैन जान्नै पर्ने कुरा ?

काठमाडौं, वैशाख । बर्ड फ्लुका कारण नेपालमा पहिलोपटक एक व्यक्तिको ज्यान गएको छ। बर्ड फ्लु भएका बेला कुखुराको मासु खाने कि नखाने भन्नेमा धेरैमा दुविधा देखिन्छ। अवश्य पनि हुन्छ। तर यसका लागि राम्ररी तयार गरी पकाउने कुरा महत्वपूर्ण हुन्छ। अन्य भाइरसहरु झैँ यो भाइरस पनि तातो प्रति धेरै नै संवेदनशील हुन्छ। सामान्य खाना पाक्ने तापक्रममा यो भाइरस पूर्ण रुपमा मर्छ। तर पकाउँदा विचारणीय कुरा के हो भने पकाइएका सबै भागहरूमा न्यूनतम ७० डिग्री सेल्सियससम्म तापक्रम पुग्नुपर्दछ। अर्थात राम्ररी सबैतिर तापक्रम पुगेर सबै भाग पाकेको हुनुपर्दछ। यसले सबै भाइरसहरु मर्दछन् र हामीले ढुक्कले खान सक्छौँ।
सावधानीको रूपमा कुखुरा तथा कुखुराजन्य उत्पादनहरु तथा अन्य चराचुरुङ्गीहरु सधैँ राम्रो, स्वस्थ, स्वच्छ हुनुपर्दछ र राम्रो तरिकाले पकाएको हुनुपर्दछ भन्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाव छ। आजसम्म पनि यस भाइरसको धेरै संक्रमण घरायसी रुपमै पाल्ने, काट्ने तथा रोग लागेर मरेका चराहरुलाई चलाउने, प्रयोग गर्ने वा ओसार पसार गरेकाहरुसँग जोडिएको पाइएको छ। त्यसैले यस किसिमका बानीव्यवहारहरुलाई उच्चतम जोखिम बुझेर सुधार गर्नु चाहीँ महत्वपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठनले भने सत्तरी डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएर मासु खान हुने जनाएको छ। मासु राम्ररी नपकाइ खाएको अवस्थामा भने यो रोग मान्छेमा सर्छ। संक्रमित व्यक्तिलाई छाती, घाँटी दुख्ने र पखाला चल्ने लक्षण देखिन्छ। बर्ड फ्लुको संक्रमण भएमा ज्यान जाने सम्भावना समेत रहन्छ। बर्ड फ्लु सामान्यतया चराहरुबीच हुन्छ।
नेपालमा पक्षीबाट सर्ने रुघाजस्तो एकप्रकारको रोग, बर्ड फ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। चैत्र १० गते खोकी र ज्वरोका कारण अस्पताल भर्ना भएका ती किशोरको पाँच दिनपछि श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको मन्त्रालयले बताएको छ। जापानमा विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त प्रयोगशालामा पठाइएको उनको र्यालको नमुनामा बर्ड फ्लुको भाइरस भेटिएको थियो। ‘यो इन्फ्लूएन्जा मानिसमा सङ्क्रमण भएको घटना नेपालमा पहिलो पटक भएको हो, मन्त्रालयले भनेको छ।
May 7, 2019 12:14 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

