अनौठा बोका : जसको मुल्य जन्मनासाथ २ लाख ७० हजार रुपैया
पाँचथर, वैशाख । सामान्यतया हामिले भर्खर जन्मेको बोकाको मुल्य २ हजार रुपैया सम्म आँकलन गर्न सक्छौं । तर पाँचथरमा यस्तो प्रजातिको बाँका छ जुन बोका जन्मनासाथ त्यसको मुख्य २ लाख ७० हजार रुपैया पर्छ । फिदिम नगरपालिका–२ साम्दीनमा जन्मिने बित्तिकैको पाठोको मूल्य प्रतिगोटा २ लाख ७० हजार रुपैयाँ तोकिएको छ । नमुना बाख्रापालन फर्ममा जन्मिएको त्यती महँगो बोका किन्न ग्राहक पुगेका छन् ।
अष्ट्रेलियबाट ल्याइएको बोयर जातको ब्राखाबाट जन्मिएका बोकाको मुल्य यति महंगो पर्न गएको हो । जिल्लामा अन्यत्र फर्म चलाइरहेकाहरुले स्थानीय जातका सँग क्रस गराउन ति महंगा बोका लैजाने गरेका छन् । सो फाराममा जन्मिएका बोका जन्मनासाथ बैना स्वरुप पैसा दिएर ग्राहक गएका छन् । एक ग्राहकले त्यती महंगो बोका जन्मिएको एकसातैमा किन्ने तयारी गरेका हुन्। तीन महिनापछि लैजाने गरी पेस्की दिइराख्ने गरी मोलतोल पनि हुने गर्छ।
व्यावसायिक ब्राखापालनमा लागेका युवा व्यवसायी सुजन ढुंगानाले गत वर्षमा अष्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएर पाल्न थालेका थिए। लोकलसँग पनि क्रस गराएर सन्तान उत्पादन गर्न मिल्ने भएकाले सो जातको बोका अरुले पनि लैजान थालेका छन् । सो जात विस्तार गर्नका लागि उनले बोका बिक्री गर्न लागिएको ढुंगानाले बताए।
‘दैनिक २ सय ५० देखि ३ सय ५० ग्रामसम्म मासु बढ्ने भएकाले यो जातको बोका महंगो पर्न गएको हो । यो जातको बोकालाई संसारमा सबैभन्दा राम्रो मासुको रुपमा लिइने गरिएको पनि उनले बताए । उनले ३ लाख रुपैयाँ गोटाले अष्ट्रेलियाबाट ३ वटा पाठी र एउटा बोका ल्याएर पाल्न थालेका थिए । अहिले सन्तान उत्पादन गर्ने काम गरिरहेको छु। बोयर नै र लोकलसँग क्रस गराउँदै छु। अब केही वर्षपछिबाट मासु उत्पादन सुरु हुन्छ’ उनले भने ।
May 7, 2019 12:18 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप