

सबै आमा बाबुले जान्नुपर्ने कुरा, बच्चालाई क्यान्सर किन हुन्छ ? यसको रोकथामका उपायहरुसहित

क्यान्सर रोग ठूला मानिसलाई मात्रै होइन बच्चालाई पनि हुने सम्भावना उत्तिकै हुन्छ । आजकाल बच्चामा पनि क्यान्सरको समस्या धेरै देखिन थालेको छ । बच्चालाई हुने क्यान्सरको मामिलामा तपाईले धेरै सावधानी अपनाउनुपर्छ । किनभने बच्चामा क्यान्सर भएको थाहा पाउन र त्यसको उपचार गर्न धेरै गाह्रो हुन्छ ।
बच्चालाई धेरै हुने क्यान्सरका प्रकार बच्चाहरुलाई हुने क्यान्सरमध्ये सबैभन्दा धेरैलाई ब्लड क्यान्सर हुने गरेको पाइएको छ । रक्षात्मक प्रणाली सँग सम्बन्धित ल्युकेमिया र लिम्फोमाको क्यान्सर पनि बच्चालाई धेरै हुने क्यान्सरमा पर्छन् । शरीरको अंगमा हुने क्यान्सरको कुरा गर्दा बोन क्यान्सर, किड्नी क्यान्सर र ब्रेन ट्युमरको समस्या धेरै भएको पाइन्छ । तर, सबैभन्दा धेरैलाई हुने ब्लड क्यान्सर नै हो ।
बच्चालाई क्यान्सर किन हुन्छ ? आजकाल विश्वमा बच्चालाई हुने क्यान्सरको दर लगातार बढीरहेको छ । बच्चाहरुलाई क्यान्सर हुने प्रमुख कारण अस्वस्थ खानपान र अनियमित दिनचर्यालाई मानिन्छ । त्यसबाहेक वंशाणुगत कारणले पनि बच्चालाई क्यान्सर हुने गरेको पाइन्छ । बच्चाको आमाबाबुलाई नभई परिवारको अन्य कोही सदस्यलाई क्यान्सर छ भने पनि बच्चालाई हुने सम्भावना रहन्छ ।
बच्चालाई क्यान्सर भएमा देखिने लक्षण यस्ता छन् : शरीरको कुनै पनि भागमा गाँठाहरु आउने । बारम्बार कडा ज्वरो आउने । बिना कुनै स्पष्ट कारण बच्चा दुई साता भन्दा धेरै बिरामी हुने । शरीरको विभिन्न भागबाट रगत बग्ने । शरीरमा कालो दागधब्बाहरु देखिने । बच्चालाई बारम्बार इन्फेक्सन हुने ।
May 7, 2019 5:32 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

