एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्ग !
भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए।
यो मन्दिरको विशेषताहरु धेरै छन्। यो मन्दिरको पहिलो विशेषता यहाँको शिव लिङ्ग एउटै ढुंगाबाट बनेको छ जुन सबैभन्दा धेरै ठूलो रहेको छ। सम्पूर्ण शिवलिंगको लम्बाइ ५.५ मिटर (१८ फिट), व्यास २.३ मिटर रहेको छ।
अर्को विशेषता भनेको पछाडिको भागको ढलान भर्खरै बनेको छ। भर्खरै बनेको मन्दिर विशाल ढुंगाबाट बनाइएको थियो। यस्तो संरचना कुनै मन्दिरमा पनि अहिलेसम्म राखिको छैन। एउटै ढुंगाको तौल ७० टन रहको छ। यसको तेस्रो विशेषता भनेको अहिलेसम्म मन्दिरको निर्माण अधुरै रहेको छ। यति धेरैवर्षसम्म यो मन्दिर किन नबनेको भन्ने रहस्य अझै गोप्य नै रहेको छ। एजेन्सी
May 8, 2019 10:15 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग