काभ्रेमा काल्पनिक विमान दुर्घटना : यसरी भयाे उद्धार !
काभ्रेपलाञ्चाेक – यो काल्पनिक समाचार हो । विमान दुर्घटना भयो भने कसरी उद्धार गर्ने भनेर सिकाउन नेपालमै पहिलोपटक डेमो स्वरुप दुर्घटना गराइएको हो ।नेपाल नागरिक उड्यन प्राधिकरण अन्तर्गत त्रिभुवन विमानस्थलबाट पहिलो पटक राष्ट्रिय रुपमा ‘फूल डेमो’ प्रर्दशन गरेको हो । दिउँसो मध्यान्न एक बजे संखुवासभाको तुम्लिङटार विमानस्थलबाट काठमाण्डौ आउँदै गरेको विमान दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दिउँसो एक बजे त्रिभुवन विमानस्थल रेस्क्यू टिमबाट सञ्चार विच्छेद भएको खबर पाएपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जानकारी गराउँदै उद्धार समितिको बैठक बोलाउनुभएको थियो ।
प्रमुख जिल्ला अधिकारीले विमान हराइरहेकोले एम्बुलेन्स, दमकल, तथा अस्पताललाई हाई–अलर्टमा बस्न निर्देशन दिनुभएको थियो । उद्धार समितको बैठक बस्दै गर्दा दिउँसो एक बजेर ३० मिनेट जाँदा स्थानीयले प्रहरीको १०० नम्बरमा फोन गर्दै धुलिखेलको देवीस्थान डाँडामुनि विमान खसेको र आगलागी भैरहेको जानकारी गराए । तत्कालै प्रमुख जिल्ला अधिकारीको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो । उद्धारमा खटिएका प्रहरीको अनुसार, दुर्घटना पछि घाइतेहरु चिच्याइरहेका थिए ।घाइतेमध्ये एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौ पठाइएको छ भने अन्यको धुलिखेलमा उपचार भैरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिनुभयो ।
माथि भएको क्रियाकलाप साँचो भए पनि समाचार भने साँचो होइन । नेपालमै पहिलोपटक विमान दुर्घटना भयो भने कसरी उद्धार गर्ने भनेर सिकाउन डेमो स्वरुप दुर्घटना गराइएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्यन कार्यलयको उद्धार समन्वय समितिको सचिवालयको आयोजनामा वायु यान खोज तथा उद्धारसम्बन्धी पूर्णकालीन अभ्यासको सिलसिलामा कार्यक्रम आयोजना भएको कार्यक्रमका कोअर्डिनेटर तथा म्यानेजर राजन ढुंगेलले जानकारी दिनुभयो ।
उहाँको अनुसार, यस्तो खालको रेस्क्यू एक्सरसाइज नेपालमा पहिलोपटक भएको हो । हरेक दुई वर्षमा राष्ट्रिय स्तरमा हुने दुर्घटनाको डेमो रेस्क्यू एक्सरसाइजले विमान दुर्घटना हुँदा कसरी उद्धार गर्ने भन्ने कुरालाई अझ प्रष्ट पारेको प्रमुख जिल्ला अधिकारी कृष्णबहदुर राउतले जानकारी दिनुभयो ।
‘खासमा डेमो भनेकोले गर्नुपर्ने काम त संयोजनको हिसाबले मैले गरे, यदि साँच्चिकै हो भने त कति तनाव हुन्थ्यो होला’. उहाँले भन्नुभयो,‘डेमोमा जस्तो तनाव लिनु नपरोस् ।’
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड