अनौठो ढुंगा: जसको भित्री भागमा मासु हुन्छ र फुटेपछि रगत बग्छ !
ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् ।चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् ।ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ ।ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् ।ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ ।
यसलाई पिरियड रक पनि भनिन्छ ।खासमा यो ढुंगा समुद्री जीव हो । यससँग लिंग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ । यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ ।माथिबाट कडा देखिने यो ढुंगा भित्रबाट अत्यन्तै नरम हुन्छ ।मानिस यो ढुंगाको खोजीमा समुद्रतलमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् । ढुंगाको मासु निकाल्नका लागि तीखो चक्कु आवश्यक हुन्छ । एजेन्सी
May 8, 2019 6:23 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने