अनौठो ढुंगा: जसको भित्री भागमा मासु हुन्छ र फुटेपछि रगत बग्छ !
ढुंगा निर्जीव वस्तु हो र यसलाई फुटाउँदा टुक्रा टुक्रा हुन्छ । तर एउटा यस्तो ढुंगा भेटिएको छ जसलाई फुटाउँदा रगत र मासुका टुक्रा निस्कन्छन् ।चिली र पेरुका समुद्रमा यस्ता ढुंगा टन्नै पाइन्छन् ।ढुंगालाई सर्र हेर्दा सामान्य झैं लाग्छ । तर यसबाट मासु निस्कन्छ र बजारमा त्यो खुबै बिक्छ ।ढुंगालाई पायुरा चिलियांसिस नामले चिनिन्छ । पत्थरको मासुको अनेकौं परिकार बन्छ । तर स्थानीयहरू यसलाई काँचै खान मन पराउँछन् ।ढुंगालाई फोर्नेबित्तिकै रगत निस्कन्छ ।
यसलाई पिरियड रक पनि भनिन्छ ।खासमा यो ढुंगा समुद्री जीव हो । यससँग लिंग परिवर्तन गर्ने क्षमता छ र यसले बच्चा पनि जन्माउँछ । यो जीव ठ्याक्कै ढुंगा जस्तै देखिन्छ ।माथिबाट कडा देखिने यो ढुंगा भित्रबाट अत्यन्तै नरम हुन्छ ।मानिस यो ढुंगाको खोजीमा समुद्रतलमा पुग्छन् र यसबाट निस्कने मासु खान मन पराउँछन् । ढुंगाको मासु निकाल्नका लागि तीखो चक्कु आवश्यक हुन्छ । एजेन्सी
May 8, 2019 6:23 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग