परीक्षा दिँदादिँदै सुत्केरी
बैतडी – कक्षा १२ को परीक्षा सञ्चालन भइरहेका बेला बैतडीको शिवनाथ गाँउपालिका वडा नम्बर २ मा रहेको नागार्जुन माध्यमिक विद्यालय शर्मालीमा आज एक परीक्षार्थीले बच्चा जन्माएकी छन् । शिवनाथ गाँउपालिका वडा नम्बर ६ कि मिना धनाडीलाई परीक्षा हलमै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको शर्माली स्वास्थ्य चौकीमा लगेपछि छोरी जन्माएकी हुन् ।
आज परीक्षाको आठौँ दिन ऐच्छीक विषय शैक्षिक मुल्याङकनको परीक्षा दिइरहेकी २४ वर्षीया धनाडी कक्षा १२ अध्ययनरत रहेको शिक्षक गोपालसिंह महताले बताउनुभयो । परीक्षामा ३ वटा प्रश्नको उत्तर लेख्न नपाउँदै धनाडीलाइ सुत्केरी ब्यथाले च्यापेपछि नजिकैको स्वास्थ्यचौकी लैजाँदा करिब ९ बजेतिर छोरी जन्माएको शिक्षक महताले जानकारी दिनुभयो ।
अहिले आमा र बच्चाको अवस्था राम्रो रहेको शर्माली स्वास्थ्य चौकीका अनमी कृष्णा चौधरीले बताउनुभयो । विद्यालयसँगै स्वास्थ्यचौकी जोडीएको हुनाले कुनै समस्या नभएको र दुवैजनाको हेरविचार स्वास्थ्यचौकीमै भइरहेको उहाँले बताउनुभयो ।
यस्तै छुटेको परीक्षा पछि दिन लगाउने वातावरण निर्माण गर्ने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । छुटेको परीक्षा दिन सक्ने भए व्यवस्था मिलाउने र परीक्षा हलमा समस्या हुने भए स्वास्थ्य चौकीमै परीक्षा दिने वातावरण बनाउने शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अवस्थीले जानकारी दिनुभयो ।
May 8, 2019 6:39 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर