तस्बिरमा हेर्नुहाेस् कतारकाे पहिलाे मेट्रो रेल !
सन् २०२२ मा कतारले विश्वकप फुटबलको आयोजना गर्दैछ । यही विश्वकपलाई ध्यानमा राख्दै कतारले बुधबारबाट राजधानी दोहामा पहिलो पटक मेट्रो रेल सेवा सञ्चालनमा ल्याएको छ ।

दोहामा बसोबास गर्ने मानिसहरुले पहिलो पटक भूमिगत परिवहन प्रणालीको आनन्द लिएका छन् । दाेहा मेट्राेकाे निकै लामो समयदेखि प्रतिक्षा थियो ।

दोहा मेट्रो लाइनका केही भाग प्रयाेगमा आइसकेका छन्, जसमा १३ वटा स्टेशन खुलेका छन् । अल–कसारबाट सुरु भएको मेट्रो सेवा दोहाको व्यापारिक जिल्ला हुँदै दक्षिण अल–बखर शहरसम्म पुग्नेछ । आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुने मेट्रो सेवा बिहान आठ बजेदेखि रातिको ११ बजेसम्म चल्छ ।

सन् २०२२ को जुन/जुलाईसम्म पूर्णरुपमा सञ्चालनमा आउने मेट्रोकाे पूरा लम्बाइ तीन सय किलोमिटर हुनेछ । सन् २०१३ बाट निर्माण कार्य थालिएको मेट्रो सेवाको लागत झण्डै ३६ अर्ब अमेरिकी डलर रहेको छ ।

प्रत्येक छ/छ मिनेटमा स्टेशनमा मेट्रो आउँछ ।



प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग