

श्रीमतीलाई जिउँदै जलाएका मुकेशको भाउजुसँग अवैध सम्बन्ध !

२६ वैशाख, जनकपुरधाम । श्रीमतीलाई जिउँदै आगो लगाएर भागेका मुकेश यादवको भाउजुसँग अवैध सम्बन्ध रहेको खुलेको छ । धनुषाको शहीदनगर नगरपालिका १ चिरैया बस्ने मुकेश यादवले ५ वैशाखमा २२ बर्षीया पत्नी निर्मलादेवीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । निर्मलाको उपचारका क्रममा १६ गते मृत्यु भयो । घटनालगत्तै फरार भएका मुकेशलाई प्रहरीले कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको छ । प्रारम्भिक बयानमा मुकेशले भाउजुसँगको सम्बन्धका कारण पत्नीलाई जिउँदै जलाएको स्वीकार गरेका छन् । मुकेशको बयानपछि प्रहरीले उनका भाउजु श्यामादेवीलाई पनि पक्राउ गरेको छ । पक्राउ देवर–भाउजुबिरुद्व कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
श्रीमतीलाई मारेर भाउजुसँग भाग्ने योजना : मुकेशका दाजु लामो समयदेखि रोजगारीको सिलसिलामा विदेश गएका थिए । यता मुकेश र उनकी भाउजु श्यामादेवीबीच अवैध सम्बन्ध रह्यो । मुकेशले फागुनमा कमला नगरपालिका–५ की निर्मलासँग बिह गरे, करिव ५ महिनाअघि मुकेश दाइ नागे यादव फर्किए । तर, देवर–भाउजुको सम्बन्ध कायमै रह्यो । एक दिन निर्मलाले दुबैलाई आपत्तिजनक अवस्थामा देखेपछि श्रीमान् श्रीमतीबीच विवाद सुरु भयो । उही विषयलाई लिएर मुकेश र निर्मलाबीच झगडा पर्थ्यो । तर, नागेले भाइ मुकेश र श्यामादेवीको सम्बन्धबारे थाहा पाएनन् । घटना भएको दिन पनि निर्मला र मुकेशकाबीच झगडा भएको थियो । मुकेश ‘तेरो सबै लुगा जलाइदिन्छु’ भन्दै धम्की दिएर पेट्रोल लिन निस्किए । घरनजिकै उनको भाउजु श्यामादेवीकै पसल थियो, जहाँ उनले पानीको बोतलमा पेट्रोल बेच्दै आएकी थिइन् ।
मुकेश पेट्रोल लिन पुग्दा भाउजुले किन चाहियो भनेर सोधिखोजी गरिन् । मुकेशले निर्मलाको सबै कपडा जलाइदिन्छु भनेका रहेछन् । तर श्यामादेवीले ‘किन लुगा मात्रै, उसैलाई जलाइदेउ, त्यसपछि भागेर विवाह गरौंला’ भनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसअनुसार मुकेशले निर्मलालाई जिउँदै जलाए ।श्रीमतीलाई आगो लगाएर भाग्दै गर्दा आइपुगेका नागेले मुकेशको टाउकोमा रडले प्रहार गरेको देखिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । तर, उनी भाग्न सफल भए । प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मुकेशलाई पक्राउ गरेको छ ।
May 9, 2019 4:13 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान

