

करेन्ट लागेर ११ वर्षीय बालकको ज्यान गयो
6 years अगाडी
Susma Dhakal

पाँचथर – पाँचथरमा करेन्ट लागेर बुधबार एक बालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–६ मगरगाउँका लालबहादुर सारुका ११ वर्षीय छोरा सनम सारु मगरको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । मगरको बुधबार साँझ बिजुलीको खम्बामा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साथीसँग खेल्ने क्रममा बिजुलीको पोलमा चढ्दा करेन्ट लागेपछि उनी ढलेका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।
May 9, 2019 4:51 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

दाङमा लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गाजाको अवस्था नर्कभन्दा पनि खराब : रेडक्रस

अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ अधिवेशन झापाको बिर्तामोडमा हुने भएको छ ।

कुवेतबाट निरेम प्रोडक्सनद्वारा धरानका सामाजिक संस्थाहरू र मृगौला पीडितलाई सहयोग

सात वर्षअघि नै खारेज भएको सिन्डिकेट ब्युँत्याउने प्रयास : सडकमा आज पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई सास्ती

नेपाल कुवेत साँस्कृतिक मञ्चको तीज विशेष सांगीतिक धमाका २९ अगष्टमा गर्ने

संसदको अवरोध हटाउन गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षको अडान
Loading...

