रौतहटमा घर भत्किँदा ४ महिने बालकको मृत्यु, बुवा आमा घाइते
7 years अगाडी
Susma Dhakal
धनुषा – रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बालकको बुवा आमा घाइते भएका छन् । राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो । घर भत्किँदा परिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ । रामलोचन र उहाँकी श्रीमती मरछियादेवी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनैजनाको इलाका प्रहरी कार्यालय राजपुरले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि गौर अस्पताल पठाएको थियो ।उपचारको क्रममा ४ महिने बालकको ज्यान गएको र बालकको बुवाआमाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
May 10, 2019 11:43 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
Loading...