चेन्नईलाई हराउँदै इतिहास रच्ने दाउमा दिल्ली
दिल्ली क्यापिटल्सले बुधबार विशाखापट्नममा सनराइजर्स हैदराबादलाई पराजित गर्यो । यो जित दिल्लीका लागि ऐतिहासिक समेत बन्यो । ऐतिहासिक यस अर्थमा की दिल्लीले यसअघिको संस्करणसम्म नकआउट चरणको कुनै पनि खेलमा जित हात पारेको थिएन ।
सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकाल्दै चेन्नईको सामना गर्न तयार दिल्ली त्यही लयलाई कायम राख्च चाहन्छ, जस्तो उसले लिग चरण र इलिमिनेटरमा खेलेको थियो । चेन्नईसँगको म्याच पनि विशाखापट्नममा नै हुँदैछ ।
आईपीएलमा दिल्लीमात्र यस्तो टिम हो, जसले आईपीएलको फाइनल खेल्न सकेको छैन । त्यो खराब इतिहासलाई विर्साउाने प्रयासमा दिल्ली हुनेछ । त्यसका लागि उसले डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई पाखा लगाउनु पर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।
लिग चरणमा दिल्लीलाई शर्षि दुईको स्थान हात पार्नका लागि बाधा उत्पन्न गर्ने टिम चेन्नई नै थियो । जुन खेलमा दिल्ली चेन्नई सामू निरीह जस्तै बनेको थियो । दोस्रो क्वालिफायरको विजेताले मुम्बई इण्डियन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
May 10, 2019 12:01 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी