चेन्नईलाई हराउँदै इतिहास रच्ने दाउमा दिल्ली
दिल्ली क्यापिटल्सले बुधबार विशाखापट्नममा सनराइजर्स हैदराबादलाई पराजित गर्यो । यो जित दिल्लीका लागि ऐतिहासिक समेत बन्यो । ऐतिहासिक यस अर्थमा की दिल्लीले यसअघिको संस्करणसम्म नकआउट चरणको कुनै पनि खेलमा जित हात पारेको थिएन ।
सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकाल्दै चेन्नईको सामना गर्न तयार दिल्ली त्यही लयलाई कायम राख्च चाहन्छ, जस्तो उसले लिग चरण र इलिमिनेटरमा खेलेको थियो । चेन्नईसँगको म्याच पनि विशाखापट्नममा नै हुँदैछ ।
आईपीएलमा दिल्लीमात्र यस्तो टिम हो, जसले आईपीएलको फाइनल खेल्न सकेको छैन । त्यो खराब इतिहासलाई विर्साउाने प्रयासमा दिल्ली हुनेछ । त्यसका लागि उसले डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई पाखा लगाउनु पर्नेछ । चेन्नई पहिलो क्वालिफायरमा मुम्बईसँग पराजित भएको थियो ।
लिग चरणमा दिल्लीलाई शर्षि दुईको स्थान हात पार्नका लागि बाधा उत्पन्न गर्ने टिम चेन्नई नै थियो । जुन खेलमा दिल्ली चेन्नई सामू निरीह जस्तै बनेको थियो । दोस्रो क्वालिफायरको विजेताले मुम्बई इण्डियन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
May 10, 2019 12:01 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी