मालिकप्रति कुकुरको बफादारी: आफू मरेर बचायो मालिकको ज्यान !
7 years अगाडी
Susma Dhakal
संसारभरि नै कुकुरको बफादारीका कथा प्रशस्तै छन्। भारतमा भएको एउटा घटनाले अर्काे एउटा कथा थपेको छ। कुकुरले आफू मरेर मालिकको ज्यान जोगायो। तमिलनाडु राज्यमा पर्ने तन्जावुर शहरमा दुई हप्ताअघि भएको घटना हो यो।
किसान नटराजन बगैँचामा काम गरिरहेका थिए।यत्तिकैमा उनको अगाडि पाँच फिट लामो गोमन सर्प देखियो। सर्प फणा उठाएर खडा थियो। नटराजनले केही सोच्न सकेनन्। सर्प उनलाई डस्नका लागि तयार थियो तर ठीक त्यही बेला पप्पु नामक उनको कुकुरले अकस्मात् सर्पलाई झम्ट्यो।
पप्पु सर्पसँग भिडेपछि नटराजन लट्ठी खोज्न घरतिर दौडे। लट्ठी बोकेर आइपुगेञ्जल सर्प मरिसकेको थियो। पप्पु पनि रगताम्य थियो। केही क्षणमा उसले प्राण त्याग गर्यो। नटराजन आफ्नो ज्यान बचाइदिने कुकुरलाई अँगालो हालेर रोए। तन्जावुर शहरमा पप्पुको बलिदानको कथा अहिले चर्चित छ।
May 10, 2019 6:31 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
Loading...