नेपालकै पहिलो डोजर चालक मुना घिमिरे, हेर्नेको भिडले राजमार्ग दिनभरि जाम !
मुना घिमिरे श्रेष्ठ नेपालको पहिलो हेभी इक्विपमेन्ट चालक हुन्। गोरखामा जन्मेकी उनका दाजुभाइ थिएनन्। पढाइमा अब्बल भए पनि उनले नौ कक्षा पढ्दापढ्दै पढाइ छाडिन्। ‘छोरा नभएको घर भनेर मान्छेहरू कुरा काट्थे,’ उनले भनिन्, ‘१५ वर्षको उमेरमा पढाइ छोडेर काम गर्न थालेँ। काम गर्ने ठाँउमा ठूलठूला गाडीहरू देख्थेँ।’रिसेप्सनमा काम गर्ने उनको ध्यान भने सधैँ तिनै गाडीमा जान्थे। एक दिन अफिसका निर्देशकले उनलाई सोधे, ‘मेसिन सिक्छौ ?’ उनले जवाफ फर्काइन्, ‘सर, पाए त सिक्थेँ नि।’ आफ्नो काम सकेर उनले बिहान–बेलुका डोजर चलाउन सिकिन्। ‘समाजले फलानाकी छोरी बिग्रिई भन्थ्यो,’ उनले भनिन्, ‘मेरो मनमा तिनीहरूलाई केही गरेर देखाउँछु भन्ने थियो।’
उनले आँटिन् र मेहनत गरिन्। ‘म नेपालको पहिलो महिला हेभी इक्विपमेन्ट चालक बन्छु भनेर डोजर चलाएकी थिइनँ,’ उनले भनिन्, ‘काम गर्दै जाँदा रस बस्दै गयो।’ कामको सिलसिलामा देशका विभिन्न ठाउँमा उनी पुग्थिन्। त्यहाँ उनले डोजर चलाएको देखेर हेर्न आउनेको भीड लाग्थ्यो। ‘एक पटक मैले डोजर चलाएको हेर्न थुप्रै मान्छे आइदिँदा अरनिको राजमार्गमा दिनभरि नै बाटो जाम भयो,’ उनले भनिन्, ‘अहिले पनि देख्नेबित्तिकै क्यामरा तेस्र्याउन थाल्छन्।’
हाल उनी हेभी इक्विपमेन्ट डिभिजन कार्यालय, बानेश्वरमा कार्यरत छिन्। ‘छिनेका चप्पलमा काठमाडौँ छिरेकी थिएँ,’ उनले विगत सम्झिइन्, ‘डोजरमा दक्ष भएपछि मैले जीवनमा कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन।’ उनी अहिलेसम्म दर्जनौँ सम्मानबाट सम्मानित भइसकिन्। नेपाल हेभी इक्विपमेन्ट संघको महासचिव उनी सडक विभागकी स्थायी कर्मचारी पनि हुन्। हक्की स्वभावकी मुना आफूलाई कसैले पनि हेपेको सहन सक्दिनन्। ‘केटीले पनि डोजर चलाउँछन् भन्थे,’ उनले भनिन्, ‘तर, मैले कहिल्यै हिम्मत हारिनँ। डोजर चालक बनेरै छोडेँ।’ मुना जस्तै काभ्रेकी विजया अधिकारी पनि डोजर चालक हुन्। डोजर चलाउने कामलाई उनी शरीर र दिमागको खेल मान्छिन्। उनी अहिले लोक सेवाबाट नाम निकालेर सिनियर अपरेटरका रूपमा विद्युत प्राधिकरणमा आबद्ध छिन्।
May 10, 2019 6:34 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता